हुम्लाका ९ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

हुम्लाका ९ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च
+
-

काठमाडौँ –  मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका हुम्लाका ९ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख जगदीश शाहीका अनुसार हालसम्म ९ जना उम्मेदवारले चुनावी खर्चको विवरण पेश गरेका हुन्। प्रतिनिधि सभा र प्रदेश सभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका थिए।

शाहीका अनुसार प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमध्ये तेजबहादुर रावत (राप्रपा) र दल रावल (नेकपा एमाले)ले खर्च विवरण बुझाएका छन्। नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित छिरिङ डम्डुल लामा (कार्चेन) ले भने अझै खर्चको विवरण बुझाएका छैनन्।

त्यस्तै, प्रदेश सभा ‘क’मा पाँच जनाले उम्मेदवारी दिएकोमा छापे ऐडी (राप्रपा) र हस्तबहादुर शाही नेकपा (एकीकृत समाजवादी)ले बुझाएका छन्। दल फडेरा (एमाले), मंगलबहादुर शाही (स्वतन्त्र) र रणसिंह परियार (माओवादी केन्द्र)ले भने खर्च विवरण बुझाएका छैनन्। परियार निर्वाचित प्रदेश सभा सदस्य हुन्।

त्यस्तै, प्रदेश सभा ‘ख’मा पाँचै जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ। यसरी खर्च विवरण बुझाउनेमा जीवनबहादुर शाही (कांग्रेस), सुमन रावत (राप्रपा नेपाल), बलीराज शाही (जनता समाजवादी), नैनसिंह रावत (राप्रपा) र छक्कबहादुर लामा (एमाले)का उम्मेदवार रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?