जनकपुरधाम – मधेस प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि सञ्चारकर्मीहरुले निर्वाचन आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेका छन्।
शनिबार निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख हरिशंकर मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिएका थिए।
सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेका हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































