नेपाली गजल गायनमा नौलो प्रयास’तिमीलाई हेर्दाहेर्दै’ सार्वजनिक

नेपाली गजल गायनमा नौलो प्रयास’तिमीलाई हेर्दाहेर्दै’ सार्वजनिक
+
-

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ।

एउटै गजलमा ८ फरक गजलकारहरुको १-१ शेर समावेश गरेर तयार गरिएको सॉंगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै’ अमेरिकाको समय अनुसार शुक्रबार सॉंझ ७ बजे (मार्च ३ २०२३) गजलयात्राको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा संगीत र गायन भने गायक तथा संगीतकार केशव पौडेलको र एरेन्ज जुगल डंगोलको छ। गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाई, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन्।

‘हामी सधैँ नयॉं केही गरौँ भनेर लागिरहेका हुन्छौँ, त्यही क्रममा यो काम गरिएको हो।’ गजलयात्राका संस्थापक मध्येका एक गजलकार पवन लामिछाने भन्छन्।

सार्वजनिक भएको उक्त लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजकसमेत रहेका गजलकार लामिछानेलेनै तयार गरेका हुन् ।

यी हुन् ‍गजलकारका समावेश भएका एक शेर:

तिमीलाई हेर्दाहेर्दै रातै बितोस् सहन्छु म
बत्ति पनि घरि बलोस् घरि निभोस् सहन्छु म।
-आनन्द श्रेष्ठ

फूलै फूलको बगैंचामा बस्ने मेरो चाहा छैन
तिम्रो दिलमा बस्न पाए काँडै बिझोस् सहन्छु म।
-पवन लामिछाने

सारा संसार भुलिदिएँ,तिम्रो प्रेममा डुबेपछि
दुनियाँले पागलप्रेमी भने भनोस् सहन्छु म।
– कृष्ण कुसुम

तिमीलाई पाउन म त आफैसँग हार्न सक्छु
चाहे आँधी आवोस् चाहे हुरी चलोस् सहन्छु म।
-रोहित राना

आँखा छेउ बस्छु भन्थ्यौ, पूरै मुटु सुम्पेको छु
वचनको त के कुरा भो ! ज्यानै जावोस् सहन्छु म।
-गोवर्धन पूजा

आँफैसँग टाढा हुन्छु तिमीदेखि टाढा हुँदा
नजिक हुँदा दुनियाँले बिर्से बिर्सोस् सहन्छु म
-डिल्लु चम्लागाई

मेरो खुशी भन्नु तिमी, मेरो प्राप्ती मात्रै तिमी
जिन्दगीले तिमी बाहेक सबै खोसोस् सहन्छु म ।
-बासुपुष्पा अधिकारी

नबिथोल आजको रात पूर्ण हुने तयारमा छु
भोलिदेखि नचिने झैं गर्नु परोस् सहन्छु म
-सतीश त्रिपाठी

भिडियो: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?