स्वास्थ्य मन्त्रालयका सचिव भन्छन्- अनुसन्धान केन्द्रलाई सातै प्रदेशमा स्थापना गर्ने छौँ

स्वास्थ्य मन्त्रालयका सचिव भन्छन्- अनुसन्धान केन्द्रलाई सातै प्रदेशमा स्थापना गर्ने छौँ
+
-

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा बिस्तार गर्न जरुरी रहेको बताएको छ।

मंगलबार काठमाडौँमा जारी वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले‍ अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा बिस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताएका हुन्।

उनले शाखा बिस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बता‍ए।

देशमा नसर्ने रोगहरूको पनि अनुसन्धान हुन जरुरी रहेको सचिव पोखरेलको भनाइ छ।

उनले भने, ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा बिस्तार गर्नुपर्छ। त्यसको लागि मन्त्रालय लागि परेको छ। हामीले प्रादेशिक रूपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यकता हो। त्यसका लागि हामीले गहन छलफलमा छौँ। कोरोनाकालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ। अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ। हाम्रा नीतिहरू त्यसैअनुरूप अघि बढ्नु आवश्यक छ।’

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता जनाए।

उनले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष