
चीन र अमेरिकाका राजनीतिक, कूटनीतिक र सैन्य अधिकारीहरूले ताइवानको सवाललाई लिएर चीन र अमेरिकाबीच युद्ध अवश्यम्भावी रहेकोबारे अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरिरहेका छन् । (१)
चीनले विकास गरेको बहुआयमिक आर्थिक, राजनीतिक, कूटनीतिक र सैन्य क्षमताका कारण विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपतिको उदय (२) र त्यसले जन्माएको उनको असीमित महत्वाकांक्षाले गर्दा विश्वको भविष्य नै उनको हातमा रहेको व्याख्या र विश्लेषण (३) माझ स्पष्ट छ– चीनको सैनिक दृष्टि ताइवानमा सीमित छैन ।
ताइवान भन्दा धेरै पर पर हिमालय पर्वत शृंखला र साइबेरियादेखि इन्डोनेसिया र अस्ट्रेलिया भन्दा धेरै पर एटलान्टिक महासागरका तटवर्ती मुलुकहरू,दक्षिण प्रशान्त क्षेत्र अफ्रिका र सिङ्गो हिन्द महासागरमा चीनको सैन्य महत्वाकांक्षा विस्तारित भएको छ (४)।
त्यही क्रममा युक्रेनयुद्धमा अवलम्वन गरिएका अभ्यासहरू, उपयोग भएका हातहतियार र अन्य युद्ध सामग्रीहरू, युद्ध क्षेत्रमा तिनको प्रभाव र असरहरूको परिप्रेक्ष्यमा चीन आफ्नालागि सैन्य रणनीति निर्माण गरिरहेको र सो क्रममा कुनकुन क्षेत्रमा आफ्ना सुरक्षा र रणनीतिक अभाव र कमजोरीहरू रहेका छन्, त्यसको उसले गम्भीर समीक्षा र मूल्याङ्कन गरिरहेको बताइन्छ । (५)
त्यस्तो समीक्षा र मूल्याङ्कन भारतसँगको रणनीतिक सम्बन्धको हकमा पनि चीनले गरिरहेको देखिन्छ ।
त्यसैको परिणाम दुई मुलुकबीचका सीमा क्षेत्रमा चीनको आक्रामक बोली र व्यवहार हो भनेर विश्लेषण हुने गरेको छ । (६)
साथै के पनि प्रष्टसँग बुझ्न सकिन्छ भने – युक्रेन युद्धले चीनमाथि रूसको निर्भरता बढाएको, उसको विदेश र रक्षा नीतिमा चीनियाँ प्रभाव र वर्चस्व बढ्दै गएकोले चीन र भारतवीच सीमा क्षेत्रमा तनाव बढ्दै गएमा रूसलाई भारतसँगको सम्बन्धमा दूरी निर्माण गर्न चीनको दवाव बढ्ने यथार्थलाई पनि नकार्न सकिन्न ।
हालै भारतमा सम्पन्न साङ्घाई सहयोग सङ्गठनको रक्षामन्त्री स्तरीय सुरक्षा बैठकमा सहभागी हुन आएका चीनका रक्षामन्त्री ली साङ् फु समक्ष दुई मुलुकको सीमानामा चीनले ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको र द्वीपक्षीय सहमति र समझदारीहरूलाई उल्लङ्गन गरेर दुई मुलुकवीच सम्बन्धका आधारहरूलाई भत्काएको भनेर भारतले कडा विरोध जनाएको भारतीय र अन्तर्राष्ट्रिय समाचार पत्रहरूले उल्लेख गरे । (७)
सन् २०२०को गलवान भीडन्तपछि चीनका कुनै पनि उच्चाधिकारी को यो पहिलो भारत भ्रमण थियो ।
गलवान भीडन्त पछि दुई मुलुक वीच १८ चरणका वार्ता सम्पन्न भैसकेका छन् तर भारत र चीनको ३,५०० किलोमिटर लामो सीमाको वास्तविक नियन्त्रण रेखा तनावको क्षेत्र रहिरहेको छ र त्यो तनाव साङ्घाई सहयोग सङ्गठनको दिल्ली बैठकमा प्रष्टसँग पोखियो ।
तर चीनियाँ रक्षामन्त्रीले दुई मुलुकबीचको सीमा क्षेत्रको स्थिति स्थीर रहेको र सबै सीमा सम्बन्धी विवाद द्वीपक्षीय सन्धिबाट व्यवस्थित गरिनुपर्ने विचार व्यक्त गरेको चीनको आधिकारिक समाचारपत्रले उल्लेख गरेको थियो (८)
साथै एक चिनियाँ प्राज्ञलाई उद्धृत गर्दै ग्लोबल टाइम्सको सोही आलेखमा भारतले सीमा सम्बन्धमा निरन्तर आक्रामक वक्तव्यवाजी गर्ने गरेको, अन्तर्राष्ट्रिय समुदाय माझ आफूलाई चीन पीडित पक्षको रूपमा प्रस्तुत गर्ने गरेको र आन्तरिक रुपमा चीन विरोधी समूहलाई सन्तुष्ट पार्न पनि भारत त्यसरी प्रस्तुत हुने गरेको उल्लेख छ ।
साथै सो समाचारपत्र अनुसार भारतीय प्रतिरक्षा मन्त्रालयको चीन सम्बन्धी उत्तेजक प्रतिक्रियाले सङ्गठनको बैठकको समग्र वातावरणलाई बिथोल्ने काम गरेको र त्यसले अत्यन्त अस्थीर र अनिश्चित अन्तर्राष्ट्रिय वातावरणमा क्षेत्रीय सहयोग र स्थीरता जस्ता व्यापक महत्वका विषयलाई उपेक्षा गरेको छ । (९)
स्मरणीय छ, चीन र रूसको संयुक्त पहलमा सन् २००१मा स्थापना भएको साङ्घाई सहयोग सङ्गठनमा २०१७मा आएर भारतले सदस्यता लियो ।
सन् २००५ देखि उक्त सङ्गठनको पर्यवेक्षक राष्ट्र रहिआएको भारत २०२२को सेप्टेम्बर देखि एक वर्षको लागि त्यसको अध्यक्ष पनि रहिआएको छ ।
साङ्घाई सहयोग सङ्गठन मध्य एसियाका पूर्व सोभियत सङ्घका मुलुकहरूलाई पश्चिमी मुलुक र नाटोको प्रभावमा पर्नबाट रोक्ने उद्देस्यले स्थापना भएको थियो ।
चीन र रूसको वीचमा पर्ने उक्त क्षेत्रका मुलुकहरू रूसको प्रभुत्वको स्थापना भारतले आफ्नो रणनीतिक हितमा रहेको बुझेको थियो ।
साङ्घाई सहयोग सङ्गठनमा रूसले बलियो, स्वतन्त्र नीति अङ्गिकारगर्ने, चीनको हकमा समेत रणनीतिक रूपमा स्वायत्त रहेर रूसले मध्य एसियामा शक्ति सन्तुलन कायम गर्ने र भारतका क्षेत्रीय हितहरूलाई रक्षा र प्रवर्द्धनगर्नमा समेत उसले सहयोग पुर्याउने भारतको अपेक्षा र विश्वास थियो । (१०)
तर युक्रेन युद्धका कारण रूसको चीनमाथिको बढ्दो निर्भरता र क्षेत्रीय शक्ति सन्तुलन निर्णायक रूपमा चीनको पक्षमा पुगेको अवस्थामा साङ्घाई सहयोग सङ्गठनको भार र दायित्वलाई भारतले कसरी निर्वाह गर्दछ त्यो उसको लागि एउटा गम्भीर चुनौती बन्न पुगेको छ।
१. भारत र चीनवीचको सम्बन्धको भविष्यको प्रश्न शताव्दीको सवैभन्दा जटील प्रश्न
स्मरणीय छ, सन् २०१७मा भारत, भुटान र चीनको सीमा क्षेत्रमा भारत र चीनका सेना ७३ दिन सम्म मूठभेडको स्थिति बनाएर आमनेसामने भएर रहे ।
जुन १५–१६ २०२०मा लद्दाखको गल्वान उपत्यकामा दुई मुलुक वीचको भीडन्तमा भारतका २० सैनिक मारिएको समाचार भारतीय र अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले दिए ।
भीडन्तको आठ महिना पछि मात्र चीनियाँ सेनाको सूत्रलाई उल्लेख गर्दै फिनान्सियल टाइम्स लगायतका अन्तर्राष्ट्रिय माध्यमहरूले चार चीनियाँ सैनिकको मृत्यु भएको जानकारी दिएको थियो (११)
अझ चिनियाँ सरकारी समाचार पत्रहरूले त एक वर्ष पछि मात्रै सो भीडन्तमा आफ्ना सैनिक मारिएको जानकारी प्रथम पटक दिएका थिए । (१२)
माथि उल्लेख गरियो– विश्व नयाँ चरणको वैचारिक, सैनिक र भू रणनीतिक द्वन्द्वको जटिल द्वन्द्वको स्थितिमा छ । त्यो द्वन्द्व मूलत: चीन वरिपरी वा चीन प्रभावित र प्रेरित छ। मूख्य राज्य पात्रहरू– रूस, चीन, अमेरिका र भारत नै हुन्। माथि भनिसकियो युक्रेन युद्ध अन्तत: चीन र अमेरिकाको युद्ध हो ।
युद्ध आरम्भ युक्रेनमा भयो र त्यसको अन्त्य ताइवान र हिमालय क्षेत्रमा हुने निश्चित सम्भावनाको स्थिति विकास भैरहेको छ ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङ्ले आफू युद्धको तयारी गरिरहेकोबारे त्यहाँको संसदमा मात्र भनिरहेका छैनन्– आफ्ना सेनाका उच्चाधिकारीहरूलाई युद्धको लागि साहस गर्न र तयार रहन आदेश दिइरहेका छन्। (१३)
वास्तवमा यो शताब्दीको सबैभन्दा ठूलो प्रश्न भनेकै भारत र चीनबीचको सम्बन्धको भविष्य हो र यी दुई मुलुकबीचको सम्बन्धले नै यो शताब्दीलाई परिभाषित गर्ने छ ।
गएको छ दशकदेखि चीन भारत सम्बन्ध दुई मुलुक माझको मात्र नभएर क्षेत्र र विश्वको प्रमुख राजनीतिक, कूटनीतिक र रणनीतिक चुनौती रहेको छ ।
यसलाई यसरी पनि बुझौँ – तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू तेस्रो विश्वका अत्यन्त लोकप्रिय नेता थिए ।
चिनियाँ नेता माओत्से तुङ् पनि आफूलाई तेस्रो विश्वका नेता सम्झिन्थे । निकिता ख्रुश्चेभ नेतृत्वको सोभियत सङ्घसँग चीनको तनाव बढ्दै गएको, भारतसँगको सम्बन्ध निकट हुँदै गएको र भारत – अमेरिका सम्बन्ध पनि राम्रो हुँदै गएको अवस्थामा जवाहरलाल नेहरू र भारतलाई एकैसाथ प्रहार गरेर विश्व समुदाय दुवैको तेजोवध गर्ने र भारतको सुरक्षाको लागि अत्यन्त संवेदशील र निर्णायक महत्वको अरुणाचल प्रदेश र लद्दाख क्षेत्रको ठूलो भूभागलाई नियन्त्रणमा राख्ने उद्देस्यले १९६२मा चीनले भारतमाथि आक्रमण गरेको थियो।
तर, उक्त युद्धमा भारतको पक्षमा अमेरिकी सैन्य सहयोग निश्चित भए लगत्तै चीनले एक तर्फी रूपमा युद्ध विराम गरेर लद्दाख क्षेत्रको ३८ हजार वर्ग किलोमिटर क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखेर पुरै अरुणाचल प्रदेशबाट चीनिया सैन्य फिर्ता गरेको थियो । (१४)
भारत र चीनको वीचमा रहनुको अर्थ आजको भारत र चीनसँग भन्दा पहिला नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको, विश्व व्यवस्थाको नेतृत्व गरिरहेको आगामी केही दशक सम्म पनि उसको नेतृत्वमा सारभूतरूपमा कुनै ठूलो परिवर्तन आउने स्थिति नरहेको अवस्थामा विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकासँगको सम्बन्धको मूल्य नेपालकोलागि असीमित छ।
यता आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धेरै वर्षदेखि विश्वकै सर्वाधिक लोकप्रिय राजनेतामा गणना भैरहेका छन् । ( १५)
त्यति मात्रै नभएर नेहरू असङ्लग्न विश्वका नेता थिए भने मोदी विश्वका सवै विकासशील राष्ट्रहरूका एक छत्र नेताका रूपमा चिनिन्छन् ।
साथै यो दशक भारतको दशक मात्रै नभएर यो शताव्दी नै भारतीय सताव्दी हुने विज्ञहरूले उल्लेख गर्न थालेका छन् । (१६)
यो शताव्दीलाई चीनियाँ शताव्दी त भन्ने गरिएकै थियो अव यो वास्तविक अर्थमै भारतीय शताव्दीबन्न पुग्यो भने चीन – भारत र चीन र भारतको अमेरिकासँगको सम्बन्धले कुन चरित्र ग्रहण गर्ने छ भनेर यकिन गर्न सकिने अवस्था छैन ।
अर्को तथ्य के हो भने छ दशकदेखि युद्ध, भीडन्त र तनाव बेहोरिरहेका दुई मुलुकको नेतृत्व विश्वका सर्वाधिक शक्तिशाली र विश्वका सर्वाधिक लोकप्रिय व्यक्तिले लिएका छन् ।
दुवैको महत्वाकांक्षा र प्रवल राष्ट्रिय चेतनालाई टकराहटको स्थितिमा पुग्नबाट रोक्ने क्षमता र नेतृत्व विश्वसँग देखिँदैन।
लद्दाखमा चीनले आफ्नो भौगोलिक सुविधाको लाभ लिएर सैन्य पूर्वाधारलाई व्यापक र सुदृढ बनाएको र सैन्य तैनाथीलाई बढाएको बढायै छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङ् तेस्रो कार्यकालको लागि पार्टी नेतृत्वमा निर्वाचित भैसके पछि मात्रै पनि लद्दाखमा चीनले थप तीन सैन्य ब्रिगेड तैनाथ गरेको छ। (१७)
मे २०२० को लद्दाख भीडन्त भन्दा पूर्वको स्थितिमा फर्किन चीनले अस्वीकार गरेको छ । (१८)
विगतको तुलनामा भारतले पनि आफ्नो पूर्वाधार र सैन्य उपस्थितिलाई व्यापक बढाएको भएता पनि ऊ हिमालय क्षेत्रको असुविधाजनक भूगोलको बन्दी रहेकै छ।
२. यसरी बन्दै छ भारत र चीनवीचको युद्धको स्थिति
भारतको अर्को गम्भीर रणनीतिक चुनौतीको भूभाग बनेको छ – चीन र म्यान्मारसँग सीमाना जोरिएको करीव ८४ हजार वर्ग किलोमिटर क्षेत्रको अरुणाचल प्रदेश । अरुणाचल प्रदेशलाई चीन तिब्बतको अङ्ग मान्दछ र त्यो कुनै सम्झौताको विषय नै बन्न नसक्ने बताइ आएको छ।
त्यसमाथि म्यान्मारमा चीन समर्थक सैन्य शासन उक्त मुलुकसँग सीमा जोरिएका अन्यराज्यहरू – नागाल्यान्ड, मणिपुर र मिजोरमका सानो ठूलो सङ्ख्यामा रहेका पृथकतावादी समूहहरूले म्यान्मारमा आश्रय लिइरहेको अवस्था भारतको लागि थप संवेदनशील बनेको छ।
हाल त्यस्ता पृथकतावादी समूहहरू खासै शक्तिशाली हैसियतमा नरहे पनि अरुणाचल प्रदेशलाई लिएर भारत र चीनवीच युद्धको स्थिति बन्न आएमा चीन र म्यान्मारको सहयोगमा तिनले सुरक्षा चुनौती थप्ने अवस्था विद्यमान छ।
यी सवै परिवेशमा चीन भारतकोलागि सवैभन्दा ठूलो सुरक्षा चुनौती बनेको बताइन्छ। (१९)
भारतका विदेश मन्त्री एस जय शङ्कर र सेना प्रमुख मनोज पाण्डेले सीमा क्षेत्रमा (लद्दाख, डोक्लाम र अरुणाचल प्रदेश) चीनले हतार हतार हजारौँ सेना सहित तोप, क्षेप्याश्त्र र बम वर्षक विमानहरू तैनाथ गरेको र भारतलाई लक्ष गरेर चीनले तिब्बतलाई विशाल सैन्य अखाडामा रुपान्तर गरेको व्यक्त गरेका छन् । (२०)
स्मरणीय छ भारतको पाकिस्तानसँगको सम्बन्धको विद्यमान स्थितिमा चीनले भारतमाथि आक्रमण गरेमा पाकिस्तान पनि तटस्थ रहिरहन सक्ने छैन।
यहाँ के भुल्नु हुन्न भने, १९६२ मा अमेरिका र पाकिस्तान दुइटा सैन्य गठबन्धनमा आवद्ध थिए त्यसैले चीन –भारत युद्धमा अमेरिकाले पाकिस्तानलाई तटस्थ रहन दवाव दिएको थियो।
तर हाल अमेरिकाको तुलनामा पाकिस्तान चीनसँग अत्यन्त निकट छ। त्यसैले वर्तमानमा त्यस्तो युद्ध भए पाकिस्तान चीनको पक्षमा उभिने निश्चित छ।
त्यसरी भारतले एकैसाथ दुई मोर्चामा युद्धलाई सामना गर्नु पर्ने अवस्था आएमा अमेरिका, जापान, अस्ट्रेलिया जस्ता मुलुकको सहयोग भारतकोलागि अपरिहार्य देखिन्छ ।
१९६२ मा चीनले भारतमाथि आक्रमण गर्दा अत्याधुनिक लडाकु विमान सहितको अमेरिकी हवाई सेना भारतको पक्षमा चीन विरुद्ध लड्न भारत पुगेको थियो र १९६२को युद्ध रोक्न त्यसले निर्णायक भूमिका खेलेको थियो ।
त्यसको ठ्याम्मै विपरीत १९७१मा बंगलादेश युद्धमा भारत विरुद्ध पाकिस्तानको पक्षमा लड्न अमेरिकी सेना त्यसैगरी बंगालको खाडी पुग्यो र अमेरिकी नेताहरूले चीनियाँ नेताहरूलाई १९६२मा जस्तै उत्तरतर्फबाट भारतमाथि आक्रमण गर्न अनुनय –विनय गरेका थिए । (२१)
तर त्यतिखेर सोभियत –भारत सन्धिका कारण चीनले त्यस्तो हिम्मत गरेन ।
त्यस बखत अमेरिका र चीन अत्यन्त निकट मात्रै थिएनन् – विश्वको सर्वाधिक शक्तिशाली प्रजातान्त्रिक राष्ट्र अमेरिकाले विश्वको सवैभन्दा ठूलो प्रजातन्त्र भारत र भारतीय उप महाद्वीपका मुलुकहरूका सम्बन्धमा कुनै नीति निर्णय गर्दा चीनियाँ प्रधानमन्त्रीसँग पूर्व परामर्श गर्ने र अमेरिकाको त्यस्तो नीति चीनकै नीति अनुरूप हुने आश्वासन तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चिनियाँ प्रधानमन्त्री चाउ एनलाईलाई दिएका थिए । ( २२)
युक्रेन युद्धको सवालमा अन्तर्राष्ट्रिय मण्चहरूमा भारत र चीन दुवै प्रतक्ष /परोक्ष रूसको पक्षमा उभिएका र अमेरिका र पश्चिमी मुलुकको रूसमाथिको आर्थिक प्रतिबन्धलाई वेवास्ता गरेर खास गरेर भारतले राष्ट्रिय हितको नाउमा सस्तो तेलको लागि अमेरिका र पश्चिमी मुलुकहरूसँगको रणनीतिक सम्बन्धलाई उपेक्षा गरेको पनि विश्लेषण गर्ने गरिएको छ ।
सन् २०१५मा एक चीनियाँ विज्ञले भारतले आत्मघाती निर्णय गरेको अवस्थामा बाहेक भारत र अमेरिका वीचको बढ्दो रणनीतिक घनिष्टता चीनको लागि कुनै खतरा नभएको बताएका थिए । (२३) तर नरेन्द्र मोदी सरकारमा आएपछि उनको नेतृत्वले जगाएको भारतको रणनीतिक आत्मविश्वास, क्षमता र आर्थिक उपलव्धिहरूका कारण चीनले भारतलाई अमेरिका पछिको दोस्रो सवैभन्दा ठूलो सुरक्षा खतराको रूपमा हेर्न थालेको पनि आधा दशक बितिसकेको छ । (२४)
त्यसै आधारमा भारतको रणनीतिक क्षमता र आत्म विश्वास परीक्षण डोक्लामदेखि गलवान हुँदै अरुणाचल प्रदेशसम्म चीनले गरिरहेको छ।
र नेहरू र नेहरूकालीन भारतको जस्तै मोदी र मोदीकालीन भारतको तेजोवध गरेर अमेरिकासँगको रणनीतिक प्रतिष्पर्धाको लागि आफूलाई पूर्ण तयारीको लक्ष चीनले बोकेको बुझ्न सकिन्छ।
त्यसको लागि रूसको भारतसँगको सम्बन्धलाई शिथिल बनाउन र दक्षिण एसियामा भारतलाई एक्ल्याउने सघन कूटनीतिक र रणनीतिक वार्ता र अभ्यास चीनले गरिरहेको छ । (२५)
सवाल त्यो मात्रै रहेको छैन अगस्ट २०१९मा संसदमा काश्मिरको विशेष हैसियतलाई समाप्त गरेर अन्य भारतीय राज्य सरहको व्यवहार हुने घोषणा भएको अर्को दिन सोही संसदमा भारतीय गृहमन्त्री अमित शाहले पाकिस्तान अधिकृत काश्मिर र चीनले १९६२मा कब्जामा लिएको अक्साई चीन जम्मु काश्मिरको अभिन्न अङ्ग बताएर भारतले ती दुवै भूभागलाई पुन: प्राप्त गर्ने बताएका थिए । (२६)
अमित शाहको उक्त घोषणाको नौ महिना पछिको गलवान भीडन्त चीनको एउटा चेतावनी थियो भनेर बुझ्न सकिन्छ ।
त्यसैले यदि पूर्ण स्तरमा चीन ताइवान युद्धमा संलग्न भयो भने भारतले एकैसाथ पाकिस्तान अधिकृत काश्मिर र चीन नियन्त्रित अक्साई चीनमाथि आक्रमण गर्ने डर चीनलाई छ ।
त्यसैले अमेरिकाको सुरक्षा दायित्व अन्तर्गत रहेको र जापान र दक्षिण कोरिया जस्ता बलिया सैन्य शक्तिको सरोकार रहेको ताइवानमाथि आक्रमण गर्नु भयानक आत्मघाती हुन सक्ने अवस्था त छँदै छ त्यसमाथि त्यतिनै खेर अक्साई चीनलाई प्राप्तगर्ने उद्देस्यले भारतले चीनमाथि आक्रमण गर्न सक्नेबारे चीन सचेत नहुने कुरा भएन ।
त्यस्तो अवस्थामा भारतबाट आउने सम्भावित खतरालाई न्यून वा समाप्त पार्नु उसको रणनीतिक प्राथमिकतामा पर्नु स्वाभाविकै देखिन्छ।
त्यस कुरालाई समेत मध्य नजर गरेर विश्वमा आफ्नो प्रभुत्व र सैन्य क्षमतालाई प्रदर्शन गर्न चीन हतारिएको पनि उसको रणनीतिक मुद्राले बताउँछ ।
३. भारतका रणनीतिक सीमा र भारत-अमेरिका सम्बन्धको चरित्र
युक्रेन युद्ध र रूससँगको सम्बन्ध कारण अमेरिकाको भारतसँगको सम्बन्ध खासै हार्दिक नरहेको प्रष्ट छ।
सोही युद्धका कारण आर्थिक, राजनीतिक, कूटनीतिक र सैनिक रूपमा पनि रूसको चीनमाथिको बढ्दो निर्भरताका कारण रूस भारतलाई कुनै किसिमको सहयोग गर्न सक्ने अवस्थामा छैन।
त्यति मात्रै होइन भारतका अधिकांश हात हतियार र युद्ध सामग्री सोभियत सङ्घ तथा रूस निर्मित छन्।
एक पूर्व भारतीय विदेश सचिवको हालै प्रकाशित एक लेख अनुसार आफ्ना प्रतिरक्षा सामग्रीहरूको मोटामोटी ६० प्रतिशतको लागि भारत रूसमाथि निर्भर छ। (२७)
तर युक्रेन युद्धका कारण आर्थिक र अन्य क्षतिहरूका कारण रूस भारतकालागि हात हतियार युद्धसामग्रीका जगेडा पार्ट पुर्जा पनि आपूर्ति गर्न नसक्ने अवस्थामा रहेकोले चीन सँगको सम्भावित युद्धको स्थितिमा भारतको प्रतिरक्षा चुनौती जटील बन्न सक्दछ । (२८)
त्यस्तो एक काँधे र सोभियत कालीन प्रविधिमा आधारित रक्षा निर्भरता घटाएर त्यसलाई विविधिकरण गर्न भारतले आरम्भ पनि गरिसकेको छ । तर त्यसले पूर्णता पाउन अझै धेरै वर्ष लाग्ने र त्यसपछि उन्नत र आधुनिक अमेरिकी र युरोपेली युद्ध सामग्रीको बलमामात्रै भारत आफ्नो प्रतिरक्षा सामर्थ्यमा आश्वस्त हुने स्थिति देखिन्छ ।
तर फेरि नेहरूले जस्तै मोदीले पनि भारतलाई विश्वका विकाशशील राष्ट्रहरूको आधिकारिक प्रवक्ताको रूपमा प्रस्तुत गर्ने गरेको रूस –चीन र अमेरिकाको सम्बन्धमा सम्भव भएसम्म तटस्थ देखिने र रहने नीति अवलम्वन गरेको र अमेरिका र युरोपसँगको सम्बन्धको महत्वलाई कम आँक्ने गरेको देखिएको अवस्थामा भविष्यमा अमेरिका र युरोपका उन्नत आधुनिक रक्षा सामग्री र सो सम्बन्धी प्रविधिको पहुँचमा भारतले पाउने सहयोगको सीमा र सम्भावनाको भविष्यबारे सजिलै अनुमान गर्न सकिन्न ।
यो शताव्दीको आरम्भदेखि नै चीनको बढ्दो शक्ति र सामर्थ्यको चुनौती माझ अमेरिकाले एसियामा आफ्नो प्रभुत्वपूर्ण उपस्थितिलाई यथावत सशक्त राखिराख्न, हिन्द महासागर क्षेत्रमा चीनको उपस्थितिलाई छेक्न, दक्षिण पूर्व एसियामा शक्ति सन्तुलनको स्थितिलाई अमेरिकाको पक्षमा यथावत रहन दिन र समग्रमा एसियाको आर्थिक र राजनीतिक व्यवस्थाको पक्षलाई मजबूत बनाउन अर्थात् –आफ्नो प्रमुख भूराजनीतिक प्रतिद्वन्द्वीको रूपमा अगाडि आइरहेको चीन विरुद्ध रणनीतिक सन्तुलक राष्ट्रको रूपमा भारतलाई सशक्त रूपमा उभ्याउने नीति अमेरिकाले अवलम्वन गर्दै आएको हो ।
त्यसको लागि अमेरिकाले भारतसँग मिलेर क्वाड र इन्डो प्यासिफिक रणनीति जस्ता सुरक्षा संरचना र अवधारणाहरू विकास गरेको छ ।
अमेरिकाको सुरक्षा दायित्व अन्तर्गत रहेको र जापान र दक्षिण कोरिया जस्ता बलिया सैन्य शक्तिको सरोकार रहेको ताइवानमाथि आक्रमण गर्नु भयानक आत्मघाती हुन सक्ने अवस्था त छँदै छ त्यसमाथि त्यतिनै खेर अक्साई चीनलाई प्राप्तगर्ने उद्देस्यले भारतले चीनमाथि आक्रमण गर्न सक्नेबारे चीन सचेत नहुने कुरा भएन ।
चीनका हातहतियार र युद्ध सामग्रीहरूको तुलनामा अत्यन्त उन्नत अत्याधुनिक हातहतियार, युद्धक सामग्री र प्रविधिमा पनि भारतलाई सरल र सहज पहुँच प्रदानगर्दै आएका छन् ।
तर भारतका सीमा छन् र महत्वाकाङ्क्षा पनि छन्।
सन्सारको सवैभन्दा ठूलो जनसङ्ख्याको स्वामी , प्रचूर सम्भावनायुक्त विश्वको प्राचीनतम र उन्नत सभ्यतालाई प्रतिनिधित्व गर्ने मुलुकभए पनि स्वतन्त्र भएदेखि नै सीमानामा अत्यन्त प्रतिकूल मुलुकहरू बेहोर्दै आएको भारत यो वा त्यो रणनीतिक समूह वा मोर्चाबन्दीमा सीमित नरहेको देखाउन चाहन्छ ।
त्यसैले भारत एकातिर अमेरिकी नेतृत्वको क्वाडमा पनि सम्मिलित छ र उता चीनियाँ नेतृत्वको साङ्घाई सहयोग सङ्गठनको पनि सदस्य छ ।
अर्को कुरा माथि पनि उल्लेख गरिसकियो चीनसँग भारतको ३५ सय किलोमिटर लामो अप्ठ्यारो र अनिर्धारित सीमा छ । पाकिस्तानसँगको सीमा २३ सय किलोमिटर छ। म्यान्मार सँगको सीमा १७ सय किलोमिटर छ।
चीन र पाकिस्तानसँगको कुरै छोडौँ म्यान्मारसँगको भारतको सीमाना पनि त्यति सुरक्षित नभएको बारे हामीले माथि चर्चा गरिसकेका छौँ ।
उत्तिकै सत्य के पनि हो भने सैन्य र आर्थिक दुवै आधारमा चीनको तुलनामा भारत कमजोर छ ।
त्यसैले आफ्नो सुरक्षामा सोझै खतराको अवस्थामा बाहेक चीन विरूद्ध अमेरिकी रणनीतिको साझेदार राष्ट्र बन्न भारत इच्छुक नरहेको बुझ्न सकिन्छ ।
तर चीन नेहरूकालीन भारतलाई जस्तै मोदीकालीन भारतलाई पाठ पढाउन र भारतको तेजोवध गरेर एसिया र हिन्द महासागर क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्न भारतसँग सानो –ठूलो भीडन्तको तयारी गरिरहेको छ ।
डोक्लामदेखि गलवानसम्म र अरूणाचल प्रदेशको सवाललाई लिएर दुई मुलुकवीच हालै देखिएको तनावले पनि यसैतर्फ सङ्केत गरेको छ ।
४. चीनको रणनीतिक घेरावन्दीमा छ भारत
भारतको भूसीमाका बारेमा माथि चर्चा गर्यौं ।
चीन र भारत वीच युद्ध र द्वन्द्वको कारण बन्न सक्ने अर्को क्षेत्र हो हिन्द महासागर क्षेत्र र सरल शव्दमा भन्दा हरसमय भारत र अमेरिकाको सैन्य निगरानीमा रहने हिन्द महासागर र प्रशान्त महासागरलाई जोड्ने मलक्का जलमार्ग ।
चीनको भारत र अमेरिकासँगको द्वन्द्वको स्थितिमा चीनकालागि सो मार्ग सहजरूपमा उपलव्ध हुन नसक्ने अवस्थालाई चीनले राम्ररी बुझेको छ ।
त्यो जलमार्गमा आउन सक्ने सम्भावित अवरोध र त्यसले चीनको अर्थतन्त्रलाई थोरै समय मै अस्तव्यवस्त पार्नसक्ने स्थितिलाई मध्यनजर गरेर हिन्द महासागरको तटीय अफ्रिकी राज्य जिबुतीमा एक लाख सेनाको तैनाथीकोको लागि पर्याप्त सुविधा सहितको आधुनिक सैन्य अड्डा चीनले निर्माण गरेको छ ।
चीनले पाकिस्तानको ग्वादर बन्दरगाहलाई आधुनिकीकरण गरेर त्यसलाई जल सैनिक अड्डाको रूपमा सैन्य सुविधाको पूर्वाधार निर्माण गरिरहेको छ ।
त्यहाँबाट सिन्जियाङ्गहुँदै भित्री चीनलाई जोड्ने ६२ अर्व डलर लगतको चीन–पाकिस्तान इकोनोमिक कोरिडोर चीनको बेल्ट रोड परियोजनाको पहिलो विराट परियोजना हो । तर पाकिस्तानका बलोच बिद्रोहीका कारण उक्त कोरिडोरको निर्माण कार्यमा खासै गति आउन सकेको छैन ।
म्यान्मारका सैनिक शासकहरूसँगको निकटतालाई प्रयोग गरेर भारत र म्यान्मारको भूमिबाट मात्र नभएर अन्डमान सागरदेखि बङ्गालको खाडीसम्मको करीव दुई हजार किलोमिटर लामो तटीय क्षेत्रमा रहेका बन्दरगाहहरूलाई चीनले युद्धको स्थितिमा प्रयोग नगर्ला भन्न सकिन्न ।
श्रीलंकाको हम्बन्टोटा बन्दरगाह त चीनले ९९ वर्षको लागि ठेक्कामा लिएकै छ । (२९)
यसरी एकातिर हिमालय र दुर्गम पहाडी क्षेत्रमा चीन आवश्यकता अनुसार पाकिस्तान र म्यान्मारको भूमिबाट भारतलाई रणनीतिक घेराबन्दीमा राख्न सक्दछ ।
उता समुद्रमा जिबुती र ग्वादार हुँदै हम्बन टोटा र म्यान्मारका बन्दरगाहमा चीनलाई प्राप्त हुने सुविधालाई उपयोग गरेर चीन भारतलाई समुद्रमा पनि त्यस्तो घेरावन्दीमा पार्ने क्षमता विकास गरिरहेको छ ।
सम्भावित मलक्का सङ्कटबाट आफूलाई कम आर्थिक क्षति पुर्याउने उद्देस्यमा युक्रेन युद्ध चीनकालागि एक किसिमको रणनीतिक बरदान बनेको छ ।
युद्धको कारण युरोपले रूसको तेल र ग्यास खरीदमा ठूलो कटौतीगरेबाट उत्पन्न हुने आर्थिक समस्याबाट मुक्त हुन रूसले ज्यादै सस्तोमा ठूलो परिमाणमा चीनलाई तेल र ग्यास आपूर्ति गरेको मात्र छैन चीनियाँ ऋणमा दुई मुलुकवीच तेल र ग्यासका विराट पाइपलाइनहरू निर्माण भैरहेका छन् ।
अन्य व्यापारिक जहाजहरूको आवागमन समस्याको समाधान नभए पनि यी पाइपलाइनहरूले चीनको मलक्का समस्याको एउटा जटील पाटोको समाधान दिने निश्चित छ।
अन्त्यमा के उल्लेख गर्नु परोइन भने असङ्लग्नता र तटस्थताका कुराहरू सामान्य रणनीतिक र कूटनीतिक अवस्थाका मान्यता हुन्।
तर जव मुलुक युद्ध वा त्यस्तै सङ्कटको स्थितिमा पुग्दछ त्यतिखेर असङ्लग्नता र तटस्थता अर्थहीन नीति र अवधारणा बन्न पुग्दछ भन्ने कुरा स्वयम् भारतको १९६२ र १९७१को अनुभवले बताएको छ ।
भारत र चीन सम्बन्धबारे माथि उल्लेखित स्थिति, चुनौती र जटिलताको असर दक्षिण एसियाका मुलुकहरू मध्य सवैभन्दा बढी कहीँ पर्छ र कुनै मुलुक त्यसलाई भुक्तमान गर्न वाध्य हुने अवस्थामा छ भने त्यो नेपाल हो ।
त्यसैले नेपालको सङ्कट चाहे राजनीतिक होस्, आर्थिक होस् वा रणनीतिक, त्यो सवैको स्रोत भनेको नेपालको परराष्ट्र नीति हो ।
र भारतसँग दूरी निर्माण गरेर त्यो सङ्कटको सामना गर्न सकिन्न ।
शक्तिशाली छिमेकी चीनका आधारभूत सरोकारलाई सम्मान गर्ने र भारतसँगको वहुआयामिक सम्बन्धलाई त्यो सम्बन्धले मागेको जस्तै भारत नीति निर्माण गरेर नेपालले परराष्ट्र नीतिको सङ्कटलाई व्यवस्थापन गर्न सक्दछ ।
त्यसले मात्रै मुलुकको आन्तरिक राजनीतिलाई स्थिर र आफ्ना आर्थिक हित र भविष्यलाई सुनिश्चित र सुरक्षित राख्न सकिन्छ ।
तर भारत र चीनको वीचमा रहनुको अर्थ आजको भारत र चीनसँग भन्दा पहिला नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको, विश्व व्यवस्थाको नेतृत्व गरिरहेको आगामी केही दशक सम्म पनि उसको नेतृत्वमा सारभूतरूपमा कुनै ठूलो परिवर्तन आउने स्थिति नरहेको अवस्थामा विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकासँगको सम्बन्धको मूल्य नेपालकोलागि असीमित छ।
नेपालको स्वतन्त्रता र प्रभुसत्ताको अकण्टक सुरक्षा र आर्थिक विकास, स्थिरता र समृद्धिको लागि पनि नेपालको अमेरिकासँगको सम्बन्धमा भारत र चीन कसैलाई प्रवेश गराउन सकिन्न ।
*****
स्रोत र सन्दर्भ सूची :
(१). Amer।ca and Ch।na are prepar।ng for a war over Ta।wan, The Econom।st,March 9,2023.
https://www.econom।st.com/br।ef।ng/2023/03/09/amer।ca-and-ch।na-are-prepar।ng-for-a-war-over-ta।wan?
(२). Stefan Aust and Adr।an Ge।ger-The Most Powerful Person ।n the World ।s Ch।na’s Pres।dent, T।ME September 14, 2022 https://t।me.com/6211110/ch।na-x।-j।np।ng-world-power/
(३). Charl।e Campbell- The World’s Future ।s ।n the Hands of Ch।nese Pres।dent X। J।np।ng, T।ME,October 10,2022. https://t।me.com/6220661/x।-j।np।ng-th।rd-term-ch।na-ccp/?
(४). Elbr।dge Colby:Ch।na’s m।l।tary bu।ldup shows ।ts amb।t।ons go well beyond Ta।wan, N।kke।– As।a,Apr।l 7, 2023.
https://as।a.n।kke।.com/Op।n।on/Ch।na-s-m।l।tary-bu।ldup-shows-।ts-amb।t।ons-go-well-beyond-Ta।wan?
केशवप्रसाद भट्टराई:युक्रेन युद्ध: रूस, चीन र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको सम्भावित भविष्य, देश सञ्चार चैत १७, २०७९.
https://deshsanchar.com/2023/03/31/780471/
(५). Shantanu Roy-Chaudhury:The Ukra।ne War and an Emboldened Ch।na on the LAC, The D।plomat, Apr।l 15, 2023.
https://thed।plomat.com/2023/04/the-ukra।ne-war-and-an-emboldened-ch।na-on-the-lac/
(६ ). Shantanu Roy-Chaudhury, ।b।d.
(७). Hannah Ell।s-Petersen and Aakash Hassan:।nd।an anger and Ch।nese ।nd।fference quash hopes of border resolut।on, The Guard।an, Apr।l 28, 2023.
K।ran Sharma:।nd।a-Ch।na border d।spute must be resolved through pacts: New Delh।, N।kke। – As।a,Apr।l 28, 2023.
Amr।ta Nayak Dutta:V।olat।on of pacts eroded bas।s of b।lateral t।es: Rajnath to Ch।na,The ।nd।an Express,Apr।l 28, 2023 https://।nd।anexpress.com/art।cle/।nd।a/rajnath-talks-ch।nese-counterpart-l।-shangfu-8579812/?
(८). Ch।nese defense m।n।ster urges to br।ng Ch।na-।nd।a border s।tuat।on under normal।zed management ।n meet।ng w।th ।nd।an defense ch।ef,Global T।mes, Apr।l 28, 2023.
https://www.globalt।mes.cn/page/202304/1289946.shtml
(९). Global T।mes, ।b।d
१०). C Raja Mohan: ।nd।a and the SCO Paradox, The ।nd।an Express, Apr।l 26, 2023.
(११) Yuan Yang and Benjam।n Park।n:
Ch।na adm।ts 4 sold।ers d।ed ।n H।malayan clash w।th ।nd।an sold।ers, F।nanc।al T।mes, February 19, 2021.
https://www.ft.com/content/ea623ccf-a57d-4cae-9cec-7b4b209d6bdf
(१२). Deta।ls of Ch।nese martyrs who sacr।f।ced the।r l।ves ।n Galwan Valley revealed for f।rst t।me, Global T।mes,Jul 19, 2021.
https://www.globalt।mes.cn/page/202107/1228981.shtml
(१३). John Pomfret and Matt Pott।nger: X। J।np।ng Says He ।s Prepar।ng Ch।na for War
The World Should Take H।m Ser।ously, Fore।gn Affa।rs,March 29, 2023.
https://www.fore।gnaffa।rs.com/un।ted-states/x।-j।np।ng-says-he-prepar।ng-ch।na-war
(१४). यस विषयलाई विस्तारमा बुझ्न पढ्नुहोस –Keshav Prasad Bhattara।:Strateg।c Sway ।n ।ndo-US Relat।ons – Analys।s, Euras।a Rev।ew, July 18, 2022.
https://www.euras।arev।ew.com/18072022-strateg।c-sway-।n-।ndo-us-relat।ons-analys।s/
(१५). N।cholas Kr।stof:He’s the World’s Most Popular Leader. Beware.The New York T।mes,
March 18, 2023
https://www.nyt।mes.com/2023/03/18/op।n।on/mod।-।nd।a.html?
N।sha Anand:PM Mod। beats B।den, Sunak to reta।n spot as ‘most popular’ world leader. L।st here, The H।ndustan T।mes,Apr।l 2, 2023.
PM Mod। aga।n tops l।st of most popular global leader w।th 76% approval rat।ng: Survey, ।nd।a Today,Apr।l 3, 2023.
( १६). N।cholas Kr।stof:Can ।nd।a Change the World?, The New York T।mes,March 29, 2023.
https://www.nyt।mes.com/2023/03/29/op।n।on/।nd।a-econom।c-growth.html
(१७). Sushant S।ngh:Ch।na Has ।nd।a Trapped on The।r D।sputed Border, The Fore।gn Pol।cy, December 1, 2023.
(१८). Sushant S।ngh, ।b।d.
१९). M।chael Kugelman, Ch।na Has Become ।nd।a’s Greatest Threat, Fore।gn Pol।cy,January 19, 2023.
https://fore।gnpol।cy.com/2023/01/19/।nd।a-ch।na-m।l।tary-threat-secur।ty-pak।stan/
(२०).Brahma Chellaney: Don’t Underest।mate Ch।na’s Game Plan for Arunachal Pradesh, Open, 7 Apr।l, 2023.
https://openthemagaz।ne.com/essay/dont-underest।mate-ch।nas-game-plan-for-arunachal-pradesh/
(२१). Keshav Prasad Bhattara।: Strateg।c Sway ।n ।ndo-US Relat।ons – Analys।s, Euras।a Rev।ew, July 18, 2022.
https://www.euras।arev।ew.com/18072022-strateg।c-sway-।n-।ndo-us-relat।ons-analys।s/
(२२). Footnote 2 ।n Memorandum From the Defense Attaché ।n France (Walters) to the Pres।dent’s Deputy Ass।stant for Nat।onal Secur।ty Affa।rs (Ha।g),Par।s, February 15, 1972.
Fore।gn Relat।ons of the Un।ted States,1969–1976 Volume XV।।
Ch।na, 1969–1972, p. 658 (https://h।story.state.gov/h।stor।caldocuments/frus1969-76v17)
(२३). D।ngd।ng Chen:A warmer ।nd।a-U.S. relat।onsh।p w।ll not hurt Ch।na-।nd।a relat।ons — unless ।nd।a makes a su।c।dal cho।ce, The D।plomat,February 02, 2015.
https://thed।plomat.com/2015/02/why-ch।na-doesnt-see-।nd।a-as-a-threat/
(२४). Hemant Adlakha: Ch।na ।s Start।ng to See ।nd।a as a Major Threat, The D।plomat,January 11, 2018.
https://thed।plomat.com/2018/01/ch।na-।s-start।ng-to-see-।nd।a-as-a-major-threat/
(२५). Neena Gopal: Why Ch।na Wants to Knock ।nd।a off ।ts Russ।a-US H।gh-W।re Act, The D।plomat, March 20, 2023
https://thed।plomat.com/2023/03/why-ch।na-wants-to-knock-।nd।a-off-।ts-russ।a-us-h।gh-w।re-act/
(२६). When । talk about J&K, PoK, Aksa। Ch।n are ।ncluded ।n ।t: Am।t Shah ।n Lok Sabha, The ।nd।an Express,August 6, 2019.
(२७). N।rupama Rao : The Ups।de of R।valry ।nd।a’s Great-Power Opportun।ty, Fore।gn Affa।rs,
Apr।l 18, 2023(May/June 2023)
https://www.fore।gnaffa।rs.com/।nd।a/mod।-new-delh।-ups।de-r।valry
(२८). Tom Waldwyn, and V।raj Solank।: ।nd।a’s Defense Plans Fall V।ct।m to Put।n’s War, Fore।gn Pol।cy,Apr।l 3, 2023.
(२९) Mar।a Adele Carra।: Ch।na’s Malleable Sovere।gnty along the belt and Road ।n।t।at।ve- The case of the 99 year Ch।nese Lease of Hambantota Port.New York Un।vers।ty Journal of ।nternat।onal Law and Pol।t।cs,July 2019.