एसपीसाब पत्रकारहरूलाई पतुर देख्ने तपाईंले आफूलाई कस्तो देख्नुहुन्छ?

एसपीसाब पत्रकारहरूलाई पतुर देख्ने तपाईंले आफूलाई कस्तो देख्नुहुन्छ?
+
-

सामान्यतया: भीडभाड हुने कार्यक्रम, आन्दोलन होस् अथवा भिभिआइपी, भिआइपी सहभागी हुने कार्यक्रम, त्यहाँ खटिने प्रहरीसँग हुने धकेलाधकेल होस् वा सामान्य भनाभन किन नहोस्। कहिलेकाहीँ हुने शारीरिक या मानसिक टचर म र मजस्ता फोटो पत्र‍कारका लागि त्यो सामान्य नै हो। भीडमा प्रहरीले गर्ने व्यवहार र त्यहाँका गतिविधि पनि सामान्य मानिन्छ। भीडमा धकेलाधकेल भए पनि एकछिनपछि त्यो सबै भुलेर त्यहाँ भएकै प्रहरीसँग आफ्नो कर्तव्यको लागि खटिएको के गर्नु? भन्दै बाध्यता र परिस्थितिका गफ पनि गरिन्छ। यी सबै कुरा सधैं सामान्य हुन्छन्/मानिन्छन्।

तर, जेठ ९ गते मंगलबारको दिन त्रिभुवन विमानस्थलको आन्तरिक एयरपोर्टको बाहिरी परिसरमा विशेषत: नेपाल प्रहरीका अफिसरबाट जस्तो खालको व्यवहार र शब्द प्रयोग गरियो, त्यो अघिपछिको धकेलाधकेल या भनसुनजस्तो सामान्य रूपमा लिन सकिने व्यवहार पक्कै होइन। मलाई यस्तो लागेन। आफ्नो कर्मलाई नै धर्म मानेर नियम र मर्यादाको परिधिभित्र रही फिल्डमा खटिएका हामी फोटो पत्रकारमाथि त्यहाँ खटिएका उपल्लो दर्जाका प्रहरीले प्रयोग गरेका तल्लोस्तरकाे शब्द हामी पत्रकार या कुनै पनि आमजनमानसमा पाच्य शब्द पक्कै होइन।

रोल्पा पूर्खाली घर भएका ब्रिटिस सेनामा हुँदा तालिवानसँगको लडाइँमा दुवै खुटा घुमाएका हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेर मंगलबार बिहान १०:३० बजे आउने खबर थियो। त्यही खबरअनुसार नै मलगायत धेरै फोटोपत्रकार, भिडियो तथा रिपोटरहरू त्यहाँ पुगेका थियौँ। पक्कै पनि स्वागतका लागि त्यहाँ हरिजीको केही संख्यामा सर्मथकहरू पनि हुनुहुन्थ्यो। खासै सम्हाल्नै नसक्ने भीड पनि थिएन। प्रहरीको आग्रहअनुसार नै फोटोपत्रकार एक लाइनमा र फूलमालासहित सर्मथकहरू एक लाइनमा बसेका थियौँ। त्यहाँ खटिनुभएकी डिएसपी पूर्णिमा चन्दजी भन्दै हुनुहुन्थ्यो, ‘अनुशासनमा बस्नु होला है तपाईंहरू!’  हरिजीलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किराती पनि पुग्नुभएको थियो। त्यहाँ मन्त्रीज्यूको आगमनसँगै प्रहरीको हाउभाउ परिवर्तन भइसकेको थियो।

एक घण्टादेखि तस्बिरका लागि हामी जसकाे पर्खाइमा थियौँ, उहाँ आउनुभयो। त्यसपछि त्यहाँ  तस्बिर खिच्दै गरेका फोटो पत्रकाहरूमाथि प्रहरीले हातपात गर्‍यो। फोटो खिच्न पाउने अवस्था नै रहेन। यसरी हातपात किन गरेको भन्दैगर्दा एसपी पदमबहादुर विष्ट मेरो अगाडि आउनुभयो। मुखमा लगाएको माक्स खोल्नु भयो र पत्रकार भनेको पतुर हुन्छन्…भन्दै ममाथि हात हाल्नुभयो।

माहोल निकै सकसपूर्ण बन्यो।  त्यसरी हात हालेको देखेपछि सेतोपाटीका फोटोपत्रकार साथी नवीन गुरुङले महिलालाई हात हाल्ने भनेर प्रहरीमाथि प्रश्न गर्नुभयो। र मैले उहाँले हात हाल्नुको साथै अपशब्द प्रयोग गरेको भनेपछि खोलेको मक्स फेरि लगाउँदै उहाँ (एसपी विष्ट) त्यहाँबाट निस्किनुभयो। हामीमाथि प्रहरीले गरेको ज्यादती नियालिरहनुभएको मन्त्रीज्यूलाई प्रश्न पनि गर्‍यौँ तर उहाँसँग कुनै जवाफ थिएन।

एउटा एसपीजत्तिको पोस्टको व्यक्तिले जस्तो शब्द प्रयोग गर्नुभयो, मलाई साँच्चिकै जान्न मन छ। के यही हो त त्यहाँ पहिला उहाँहरूले भनेको अनुशासन? अनि साँच्चिकै जान्न मन लाग्यो- एसपी सर पत्रकारलाई पतुर देख्ने तपाईं आफूलाई चाहिँ कस्तो देख्नु हुन्छ? मन्त्रीज्यू सहभागी भएको ३०-३५ जनाको भीडलाई व्यवस्थापन गर्ने नसकेपछि पत्रकार पतुर भए। अनि नेपाल प्रहरीजस्तो गरिमामय निकायको एसपीको फुली लगाएको तपाईंको शब्दले आफैँ जनाउँछ होइन र तपाईं कति अनुशासनहीन भनेर?

तर एसपीज्यू तपाईंले भनेको पत्रकार पतुर? तर मैले- तपाईजस्तै नेपाल प्रहरीका सबै अफिसरहरू अनुशासनहीन हुन्छन् चाहिँ भन्दिनँ है। किनकि यहाँ धेरै अनुशासित र जिम्मेवार प्रहरीहरू पनि हुनुहुन्छ। जसलाई तपाईंले गरेको व्यवहार र प्रयोग गरेको शब्दका कारण म उहाँहरूलाई अथवा नेपाल प्रहरीको संगठनलाई घृणा या अपहेलनाको नजरले भने हेर्दिनँ। तर पक्कै पनि तपाईं जस्तो अफिसरले संगठनलाई बदनाम भने गराउन सक्ने सम्भावना रहन्छ। जुन कुराको ध्यान नेपाल प्रहरीको नेतृत्वमा रहनेले र संगठनले ध्यान दिनुपर्ने चाहिँ देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?