अष्ट्रेलियाबाट फर्केका युवाले सुरु गरे ‘दैलो’

+
-

काठमाडौँ– नेपालमा होटल र उत्पादनको क्षेत्रमा योगदान गर्ने उद्देश्यले अष्ट्रेलियामा बसोबास गरिरहेका तीन युवाले नेपालमै व्यवसाय सुरु गरेका छन्।

रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा स्नातक तहसम्मको अध्ययन पूरा गरेर सोही विषयमा अष्ट्रेलियाबाट स्नातकोत्तर तह अध्ययन पूरा गरेपछि स्वदेशमै उत्पादन र व्यवसाय गर्ने उद्देश्यले उनीहरू फर्किएका हुन्।

प्रकाश जोशी स्नातकपछि नेपालमै होटल तथा पर्यटन क्षेत्रमा काम गर्दै आए भने उनी सँगैका साथीहरु अनिश आचार्य, सल्मा बज्राचार्य र आशिष घिमिरे अष्ट्रेलिया गएका थिए।

बिनायक शाह।

स्नात्तकोत्तर पूरा गरेपछि अनिश र सल्मा नेपाल फर्किएर व्यवसाय सुरु गरेका हुन् भने आशिष छिट्टै फर्किने तयारीमा छन्।

चार युवाले होटल र उत्पादन क्षेत्रमा आशालाग्दो प्रयास गरेका छन्। उनीहरुले सुरु गरेको दैलो रेष्टुरेन्ट बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।
नयाँ बानेश्वरमा रहेको दैलो नामक रेस्टुरेन्टको होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष बिनायक शाहले उद्घाटन गरेका छन्।

युवाहरुले विदेशको ज्ञान र सिपलाई नेपालमै प्रयोग गर्न खोज्नुलाई शाहले सकरात्मक रुपमा लिएका छन्। उनीहरुकाले प्रयासले अन्य युवाहरुलाई समेत प्रेरणा मिल्ने उनको भनाइ छ।

होटलसँगै सुगन्धित मैनबत्ती (सेन्टेड क्यान्डल) पनि उत्पादनमा ल्याएका छन्।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियाको चमकदमक छाडेर नेपालमै व्यवसाय गर्न फर्किएका यी युवा

अष्ट्रेलियाको चमकदमक छाडेर नेपालमै व्यवसाय गर्न फर्किएका यी युवा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?