लथालिंग अवस्थामा छन् सरकारी कार्यालय (तस्बिरसहित)

लथालिंग अवस्थामा छन् सरकारी कार्यालय (तस्बिरसहित)
+
-

काठमाडौं- जनतालाई सहज र सरल रूपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो। जनताबाट उठाएको करले नै सरकार चल्छ। त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै।

अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने? यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरु भइदिँदा दिनप्रतिदिन आम नागरिकहरूले सरकारी सेवा लिनबाट वञ्चित हुनु परेको छ।

सरकारी कार्यालय भनेपछि यसै त कुनै पनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला? यो आम मानिसको प्रश्न हो?

यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौंकै सरकारी कार्यालयहरुको हरिबिजोग छ।

त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नूहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नूहोस्। सरकारले सरसफाइ र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ ।

तर उनीहरूले काम गरे/नगरेको निरीक्षण गर्नेहरू आफ्नै धुनमा मस्त हुन्छन्। त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ। भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नस् त, तपाई आफैं छक्क पर्नुहुनेछ।

गुठी संस्थान ललितपुरको जिर्ण भवनमा टेको लगाएको देख्न सकन्छ भने लोक बाजा संग्रालयको अवस्था फोटोमा हेर्नूहोस्। सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन्।

सिंहदरवार अगाडि राखिएको तोपको कुनै महत्त्व नै छैन। लाग्छ सरकारबाटै सरकारी सम्पती तिरस्कृत छन्। घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन्।

यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरू आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृति सम्पदा, ऐतिहासिक महत्त्व बोकेका धरोहरका विषयवस्तुहरूको लापरबाही गरेर बस्छ।

लोक बाजा संग्रालय ।

ललितपुर महानगरको बगैचामा फ्याकिएको फर्निचर ।

काठमाडौं उपत्यका खानेपानी कार्यालयको भत्केको गार्ड घर ।

गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएपछि ।

भन्सार विभागमा विग्रेको डिजिटल सूचना बोर्ड ।

त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषदको भवनमा बर्षेभेल पसेपछि ।

सिंहदरवार प्लाजास्थित राष्ट्रिय विमा संस्थान परिसरमा फ्याकिएको सरकारी कागजात ।

यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र ।

थापाथलीस्थित सम्पदा क्षेत्रमा पुर्ननिर्माणका क्रममा बनाइएका झिगटी ।

आन्तरिक राजस्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड ।

सिंहदरवार अगाडि राखिएको तोप घाँसपातले ढोकपछि ।

सहकारी विकाश बोर्डको साइन बोर्ड ।

रेडियो नेपाल परिसरमा झारपातले ढोकपछि ।

पुल्चोकस्थित श्री महलपरिसरमा फ्याकिएका पुराना मोटरसाइकल ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष