बसन्तपुरमा फूलपाती नभित्र्याउने अर्को दसैँ

बसन्तपुरमा फूलपाती नभित्र्याउने अर्को दसैँ
+
-

काठमाडौँ – बसन्तपुर दरबारमा रहेको दसैँघरमा मंगलबार गोरखाबाट ल्याइएको फूलपाती भित्र्याईँदैछ । मंगलबार दिउँसो ३ बजेर १५ मिनेटको साइतमा बसन्तपुरबाट जमलमा फूलपाती लिन जाने साईत छ। तर बसन्तपुरमा फूलपाती नभित्र्याउने अर्को दसैँ पनि छ।

राजा पृथ्वीनारायण शाहले काठमाडौँ जित्नु अगाडि बसन्तपुर दरबारमा मल्लकालीन राजा जयप्रकाश मल्लको शासन थियो। राजा जयप्रकाश मल्लको पालाभन्दा पहिलादेखि नै मल्लकालीन संस्कृतिमा दसैँ पर्व मनाइन्थ्यो। तर यो दसैँ शाहवंशीय दसैँ भन्दा फरक किसिमको दसैँ हो।

बसन्तपुरका पूजारी उद्धव कर्माचार्यका अनुसार, ‘पृथ्वीनारायण शाह आउनु अगाडि बसन्तपुरमा दसैँघर नै थिएन, शाहले राज्य जितेपति यहाँको संस्कृतिलाई अगाडि बढ्ने वातावरण मिलाइदिएका थिए जस्तो लाग्छ।’

बसन्तपुर दरबारको नासल चोकको दाँहिनेतर्फ दसैँघर छ भने तलेजुमा पनि जमरा राखिएको स्थान छ। पुजारी कर्मचार्य भन्छन्, ‘यो पूजामा पनि नवदुर्गालाई नै पूज्ने हो तर यसको पूजा गर्ने तरिका अलि गोप्य हुन्छ। पूजा गर्ने विधि फरक हुन्छ, तन्त्र साधना हुन्छ, यहाँ अध्यारो हुन्छ।’
२३ वर्षको उमेरदेखि पूजारी रहेको कर्माचार्यका अनुसार, जहाँ अँध्यारो र गोप्य हुन्छ, त्यहाँ शुद्धता हुन्छ भन्ने मान्यता पनि छ।’

घटस्थापनाको दिन जमरा राखेपछि विजया दशमीको दिन लगाउने र चतुर्दशीको दिन सेलाउने चलन छ। हनुमानढोका दरबार संग्राहलय विकास समितिको कार्यकारी निर्देशक अरुणा नकर्मीका अनुसार नेवारहरुको फूलपाती हुँदैन। नेवारहरुले यसलाई मोहिनी पर्वको रुपमा मनाउँछन्। जहाँ शस्त्र अभ्यास गरिन्छ, पायो जात्रा गरिन्छ।’

सँस्कृतिविद् ओम धौभडेलका अनुसार, ‘नेवारहरुले जहिलेबाट दशैँ मनाउन जान्यो, त्यहि बेलादेखि नै जमरा राख्ने परमपरा थियो। नेवारी भाषामा जमरालाई ‘नलासों’ भन्छन्। यसको अर्थ दशैँमा मात्र फूल्ने फूल भनिन्छ। विजय उत्सवमा लगाइने फूलको प्रतिक जमरालाई हरेक साँझ बिहान पूजा गरिन्छ।’

नेवारहरुले फूलपातीमा पूजा गर्दैनन्। यो दिन तलेजू भवानीलाई जमरा राखेको कोठासम्म मात्र ल्याइन्छ।

यो पनि पढ्नुहोस्

कसरी आइपुग्छ गोखराबाट बसन्तपुरसम्म फूलपाती?

कसरी आइपुग्छ गोखराबाट बसन्तपुरसम्म फूलपाती?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?