निर्मलाको बुवाको स्वास्थ्यबारे के भन्छन्, उपचारमा संलग्न चिकित्सक? (भिडियो रिपोर्ट)

निर्मलाको बुवाको स्वास्थ्यबारे के भन्छन्, उपचारमा संलग्न चिकित्सक? (भिडियो रिपोर्ट)
+
-

काठमाडौँ- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दुई दिनदेखि उपचारार्थ  निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्थालाई लिएर टिकाटिप्णी भएको छ।

कसैले उनलाई ‘पागल’ को सज्ञा दिएका छन् भने कसैले मानसिक रोगी भएको र अव न्यायका लागि संघर्ष गर्न नसक्ने भन्दै खिसिट्युरी समेत गरेका छन्। तर उनको उपचारमा संलग्न चिकित्सक भन्छन्, ‘उनी सामान्य अवस्थामै छन्।’

तर शारीरिकरुपमा कमजोर भएको र सामान्य मनोसामाजिक समस्या देखिएकाले उपचारसँगै परामर्शको खाँचो मात्रै छ।’ अस्पतालका मानसिक विभागका प्रमुख एवम् उनको उपचारमा संलग्न मानसिक रोग विशेषज्ञ डा. सरोजराज ओझा यज्ञराजले बढ्ता तनावको सामना गर्न नसक्दा यस्तो मनोसामाजिक समस्या झेल्नु परेको तर उपचारपछि उनी पूर्णरुपमा ठिक हुन सक्ने बताउँछन् ।

सोमबार देशसञ्चारसँग कुरा गर्दै उनले भने,’ उहाँको सबै रिपोर्ट आइसकेको छैन। अहिले मेडिसिन विभागले हेरिरहेको छ। अलिकति अर्थोको समस्या छ । साथै उहाँमा मनोसामाजिक समस्या देखिएको हो कि भन्ने शंका छ तर त्यो मुल्याङन विधि अपनाउन बाँकी नै छ ।

डा. ओझाका अनुसार कुनै पनि तनावलाई थेग्न नसकेको अवस्थामा कसैलाई पनि यस्तो मनोसामाजिक समस्या देखिन सक्छ। यस्तो समस्या भएमा कोही बालबालिका बेहोस  हुन्छन्।

कसैले कडा स्वाभाव देखाउन सक्छ। यज्ञराजमा अहिले बर्बराउने, एउटै वाक्य दोहोराउने,धेरै बोल्ने जस्ता समस्या देखिएका छन्। उनको बाँया खुट्टाको एउटा औला ‘फ्याक्चर’ भएको छ । साथै उनको शरीरमा पानीको अभाव अर्थात डिहाइड्रेसन भएको छ।

डा. ओझाले हाल यज्ञराजमाथि मेडिसिन विभागककै चिकित्सकले बढी निगरानी राखेको बताए। तर चिकित्सकले पुष्टी गर्नु अगावै वा एकै वा दुई दिनको लक्ष्णमा जनमानसले उनलाई ‘पागल’ या मानसिक रोगीको सज्ञा दिन नमिल्ने उनी बताउँछन्।

ओझाका अनुसार यज्ञराज र उहाकी श्रीमती दूर्गादेवीलाई सहानुभतिसँगै धेरैभन्दा धेरै परामर्शको आवश्यकता छ।

आफ्नो प्रिय मानिस गुमाउँदा, घरबारी घुमाउँदा या कुनै ठूला दूर्घटनाको सामना गर्दा कतिपय मानिसमा यज्ञराजको जस्तो लक्ष्ण देखिने डा. ओझाको भनाई छ।

गत साउन १० गते उनकी १३ वर्षिया छोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो। त्यसयता उनी निरन्तर न्यायको लडाइमा छन्। पछिल्लो समय उनी धर्नामा रहेका बेला बिरामी परेका थिए।

उनले असामान्य व्यवहार देखाउन थालेपछि बेहोस बनाएर उनलाई राजधानी ल्याइएको थियो। आइतबार अस्पतालको आकस्मिक विभागमा भर्ना भएका उनलाई रातीनै अस्पतालका आइसीसीयुमा भर्ना गरिएको थियो।

भिडियो हेर्नुहोस्:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?