
दुई जनावरीमा ५० वर्ष भन्दा कम उमेरका दुई महिलाले केरलाको साबरीमला मन्दिरमा प्रवेश गरेका थिए। यस मध्ये एक महिला कनकदुर्गामाथि आक्रमण भएको छ ।
उनी अहिले करेलको एक सरकारी अस्पतालमा भर्ना भएकी छन्। उनीमाथि उनकै सासुले सबरीमाला मन्दिरमा दर्शन गरेर घर फर्किँदै गर्दा आक्रमण गरेकी हुन् ।
कनकदुर्गासँगै मन्दिर प्रवेश गर्ने बिन्दु अम्मिनीले भनिन्, ‘उनकी सासुले उनको टाउकोमा हानेकी थिइन्।’
पेरिनथलमन्नाकी ४० वर्षकी बिन्दु र कन्नूरकी ३९ वर्षकी कनकदुर्गाले जनावरीमा मन्दिरमा प्रवेश गर्न सफल भएका थिए। दुवै महिलालाई प्रदर्शनकारीबाट जोगाएर पुलिसले मन्दिर प्रवेश गराएको थियो।
२८ डिसेम्बरमा सुप्रिम कोर्टले १० देखि ५० वर्षको आयु भएका महिलालाई स्वामी अयप्पाको मन्दिर परिसमा जाने अनुमति दिइएको थियो। स्वामी अयप्पा ब्रम्हचारी भएकोले महिनावारी हुने आयुका महिलाहरु भित्र जान नहुने पर्था थियो। तर अहिले महिलाले त्यो परम्परा तोडेका छन्।
कनकदुर्गा नायर समुदायबाट हुन्। उनी मंगलबार बिहान साढे सात बजे घर फर्कँदै थिइन्। अहिले सम्म उनी र उनकी साथी बिन्दुले सुरक्षाको कारणले आफू बस्ने ठाउँ बदलिरहेका थिए। जब उनीहरुले सबरीमलामा प्रवेश गर्ने पहिलो कोशिस गरका थिए, त्यहिबेलादेखि दक्षिणपन्थी हिन्दुवादी संगठनले उनको घर अगाडि प्रदर्शन सुरु गरेका थिए।
कनकदुर्गा र बिन्दुलाई मिलाउने ‘सोसल मिडिया ग्रुप’ का एक सदस्यले आफ्नो नाम नबताउने सर्तमा बिबिसीलाई बताए, ‘उनी घरमा छिर्ने बित्तिकै डण्डाले हानिएको थियो। उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर पछि मलापुरमको सरकारी अस्पतालमा सारिएको हो।’
बिन्दु भन्छिन्, ‘ये घरको कुरा थियो। यो सत्य हो की उनका श्रीमान्, कनकदुर्गाको सबरीमला मन्दिर प्रवेश जाने पक्षमा थिएनन्, तर घटनापछि उनी कनकदुर्गाको पक्षमा उभिएका छन्।’
यी दुई महिलासँगै सबरीमाला मन्दिर जाने डा.प्रसाल अमोरे भन्छन्, ‘उनको परिवार उनी फर्केर घर आओस् भन्ने चाहदैन थियो, किनभने उनले घरको बेइज्जत गरेकी थिइन्। उनका परिवार सबरीमला मन्दिरमा महिला प्रवेशको विरुद्धमा थिए।’
यता बिन्दुले दोहो¥याएर ‘ल कलेज’ मा पढ्न थालेकी छन्। बिबिसी हिन्दीसँग कुरा गर्दै उनले भनिन्, ‘म छात्रा र अध्यापकसँग मज्जाले मिलेर पढिरहेको छु । उनीहरु मलाई सहयोग गरिरहेका छन्।’