
बर्षा शाह
चैत ३, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- युएस बांग्ला एयरलाइन्सको सोमबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये २४ शव महाराजगञ्जस्थित टिचिङ अस्पतालले परीक्षण र सनाखतपछि शनिबार आफन्तलाई बुझाउन थालेको छ।
शनिबार टिचिङ अस्पताल परिसरमा जम्मा भएका आफन्तहरु शव पाउन जम्मा भएका थिए। २४ शव आफन्तलाई दिन तयार भए पनि २५ शव अझै परीक्षण र सनाखतका क्रममै छन्।
शनिबार आफन्तको क्षतविक्षत शव अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएको दृश्य मार्मिक थियो। परीक्षण र सनाखत नभइसकेका मृतकका आफन्तले अन्य शव पनि लैजान नदिने भन्दै टिचिङ अस्पताल परिसरमा सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

‘दिदी कतै घाइते अवस्थामै भेटिन्छिन् की भन्ने आश लाग्दो रहेछ’

यस्तो दु:ख फेरि कसैलाई नपरोस्! (शव बुझ्दाका ९ तस्बिर)

विमान दुर्घटनाका शव र घाइतेको आर्तनाद पछ्याउँदा…

विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको ठेगाना पहिचान (सूचीसहित)

शब नपाएका आफन्तद्वारा टिचिङ अस्पतालमा सरकारप्रति आक्रोश

