
देश सञ्चार
भदौ २, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ।
परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो।
उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।
राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो ।
राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए।
यो पनि पढ्नुहोस्

