
काठमाडौँ – काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटिएको प्रहरीले जनाएको छ।
ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको हो।
दस वर्षीय उज्ज्वल विक गएको मंगलबार कपनबाट ढलमा खसेर हराएका थिए। कपनको साततले पाथीभरा टोलीम ६० वर्षीया हजुरआमा धनमाया विश्वकर्मासँग उनी बस्दै आएका थिए। वर्षामा खेल्ने क्रममा बालक ढकन नराखिएको ढलमा खसेका थिए।