हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु

हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु
+
-

सिन्धुपाल्चोक – बाढीले क्षति पुर्‍याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ। गत साउन १७ गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए।

अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रबारबाट बेलिब्रिज निर्माण थालिएको हो। पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको वडा १, २ र ३, पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २ र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए।

बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले रु ९० लाख ५३ हजार निकासा गरेको छ। पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको तिम्बु, मेलम्ची घ्याङ तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

हाललाई चनौटेस्थित रातो पुल रहेको ठाउँमा भने हिमपाइप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालनमा आएको पनि अध्यक्ष शेर्पाले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष