
काठमाडौँ – पाँचजना महिला पत्रकार मध्ये चारजनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् । रोशा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन र रोजिता बुद्धाचार्यले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनीहरुले बुधबार बिहान सगरमाथाको शिखरमा पाइला टेकेको सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सूचना अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
उनीहरुले गएको ८ महिनादेखि सगरमाथा आरोहणको तयारी थालेका थिए । समूहकी अर्की सदस्य प्रियालक्ष्मी कार्की पनि सगरमाथाको शिखरमा पुग्ने क्रममा रहेकी छन् ।
उनीहरु सगरमाथामा पुग्ने पहिलो महिला पत्रकार समूह बनेका छन् । नेपाल टेलिभिजनकी बुद्धाचार्यको नेतृत्वमा गएको टोलीमा राससकी बस्नेत, मेघा टेलिभिजकी महर्जन र सुनसरीकी फ्रिल्यान्सर चाम्लिङ सगरमाथामा पुगेका हुन् ।