नारायणकाजीले आयोगलाई भनेः मन्त्रीले चुनाव प्रचार गर्न नपाउने कुरा गलत छ

नारायणकाजीले आयोगलाई भनेः मन्त्रीले चुनाव प्रचार गर्न नपाउने कुरा गलत छ
+
-

काठमाडौँ – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचार–प्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन्।

बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले उनीहरुले निर्वाचनको प्रचार–प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै सो प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उनको माग छ।

सोमबार सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निर्वाचन आयोगले राज्यको स्रोत/साधनको दुरुपयोग हुन नदिन निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने स्पष्ट पारे।

तर, राजनीतिक नेताहरु नै मन्त्री हुने भएकाले उनीहरुलाई निर्वाचन प्रचार–प्रसारमा रोक लगाउने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गर्न भने कुनै पनि हालतमा नमिल्ने उनले तर्क गरे।

श्रेष्ठले भने, ‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरुले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने भन्ने सुनियो। यो कुरा मिल्दैन। राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने, अनि, राजनीतिक त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने तर मन्त्रीहरुले चाहिँ चुनाव प्रचार–प्रसार गर्न आफैं उम्मेदवार छ भनेबाहेक अन्त नपाउने भन्ने कुरा त कमनसेन्सले मात्रै पनि मिल्दैन। यो उपयुक्त छैन। अनुगमन कहाँ गर्नुपर्छ भने राज्य र सरकारको साधनको प्रयोग गरिएको छ कि छैन? त्यहाँ अनुगमन गर्न जरुरी छ। तर, मन्त्रीले चुनाव प्रचार–प्रसार गर्न नपाउने भन्ने पनि हुन्छ र? पोलिटिकल लिडरहरु हुन्छन् मन्त्रीहरु। त्यसकारणले यो कुरा मिल्दैन। यस्तो कुरा चाहिँ सच्याउन जरुरी छ। समानुपातिक सहभागिताको बारेमा भने संविधान नै संशोधन गरेर जानुपर्ने अवस्था छ। जुन तत्काल सम्भव छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?