
काठमाडौँ – माधव नेपालले छाडेपछि काठमाडौँ–२ बाट चुनाव लड्ने तयारीमा रहेका एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल समानुपातिकमा बसेका छन्।
अध्यक्ष नेपालले हमाललाई काठमाडौँ–२ मा ल्याउन खोजे पनि स्थानीय नेता कार्यकर्ताले अस्वीकार गरेपछि उनी पछि हटेका हुन्।
प्रमेशलाई काठमाडौँ २ बाट चुनाव लडाउने अध्यक्ष नेपालको प्रस्तावलाई क्षेत्रका कार्यकर्ताले ठाडै अस्वीकार गरेका थिए।
त्यस्तै एकीकृत समाजवादीले उपमहासचिव डा. गंगालाल तुलाधारलाई पनि समानुपातिका राखेको छ।
धादिङबाट चुनाव लड्दै आएका तुलाधर त्यहाँ राजेन्द्र पाण्डेलाई छाड्नुपर्ने भएपछि समानुपातिकमा बसेका हुन्।
समाजवादीले सचिव नागेन्द्र चौधरीलाई पनि समानुपातिकको बन्द सूचीमा राखेको छ। मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने समय दिएको थियो।