समाजवादी खोटाङ जिल्लाले थाल्यो निर्वाचनको तयारी

समाजवादी खोटाङ जिल्लाले थाल्यो निर्वाचनको तयारी
+
-

खोटाङ – नेकपा (एकीकृत समाजवादी) खोटाङ जिल्ला कमाण्डले निर्वाचनको तयारी थालेको छ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङ संयोजकत्वको जिल्ला कमाण्डको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो।

बैठकले जिल्ला अध्यक्ष जलसेर राईको संयोजकत्वमा १५५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । ७९ वडाका दुई जना प्रतिनिधि पर्नेगरी निर्वाचन परिचालन मूल समिति गठन गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिव राजन आचार्यले बताए ।

यस्तै, निर्वाचन सम्बन्धी प्रतिबद्धता–पत्र तयार पार्नका लागि केन्द्रीय सदस्य एवं पूर्वसांसद कुलप्रसाद फुयाल, जिल्ला कमिटीका पदाधिकारी, १० पालिका इन्चार्ज, विज्ञ सदस्य रहेको कार्यदल बनाइएको छ।

बैठकले आर्थिक विभाग प्रमुख एन्टी शेर्पाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ। आर्थिक व्यवस्थापनका लागि खोटाङ–काठमाडौं सम्पर्क मञ्चलाई पनि परिचालन गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले दसैँ तिहारको अवसरमा घटस्थापनाको दिन जिल्लाका सबै पालिकामा शुभकामना आदान–प्रदान कार्यक्रमको तयारी गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?