कोइराला पक्षको बटमलाइनः समानुपातिक सूचीबाट आरजु र मञ्जु हट्नुपर्छ

कोइराला पक्षको बटमलाइनः समानुपातिक सूचीबाट आरजु र मञ्जु हट्नुपर्छ
+
-

काठमाडौँ – टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै घोषित आन्दोलनमै उत्रेको कांग्रेसको कोइराला पक्षले श्रीमान-श्रीमती दुवैलाई उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेको छ।

असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आफ्नो पक्षका मान्छेलाई नगन्यमात्रै अवसर दिएपछि कोइराला पक्षले बन्दसूची सच्याउनुपर्ने माग गरेको छ।

पार्टी कार्यालयमा धर्नादेखि छुट्टै गुट भेला गरेर गठबन्धन नै असफल पार्ने चेतावनीपछि सभापति देउवा समानुपातिकको सूची हेरफेर गरेर कोइराला पक्षलाई उचित स्थान दिन तयार भएका छन्।

संस्थापन पक्ष बन्दसूची सच्याउन तयार भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन्। एक नेताका अनुसार कोइराला पक्षले एकैघरबाट दुईजनाले अवसर पाउने गरी उम्मेदवार बनाउन नहुने शर्त अघि सारेका छन्।

त्यसो हुँदा समानुपातिकको सूचीमा परेका प्रधानमन्त्री देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जुको नाम हटाउनुपर्ने हुन्छ।

पहुँचका आधारमा देउवा र खाँड दुवैले आफ्ना श्रीमतीलाई चुनिने गरी समानुपातिकको अघिल्लो नम्बरमै राखेका छन्।

आफ्नो पक्षलाई अवसर दिन माग गर्दै कोइराला पक्षले बुधबार पार्टी कार्यालय सानेपामा धर्ना दिएको थियो भने बिहीबार बिहान गौशालास्थित एक पार्टी प्यालेसमा भेलाको आयोजना गरेको थियो।

समानुपातिकका ३० प्रतिशत दिन देउवा तयार भएको बताइएको छ। असोज १६ गतेसम्म समानुपातिकको बन्दसूची हेरफेरका लागि आयोगले समय दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?