रातिसम्म सिट बाँडफाँड टुंग्याउने गठबन्धनको तयारी, बिहानैदेखि बैठक जारी

रातिसम्म सिट बाँडफाँड टुंग्याउने गठबन्धनको तयारी, बिहानैदेखि बैठक जारी
+
-

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट शुक्रबार रातिसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ।

बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए। बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो। सत्ता गठबन्धन छाडेर जसपाले एमालेसँग तालमेल गर्ने भएको छ।

जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ। लोसपाका नेता अनिल झा सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिए।

कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने तयारीमा चार दल जुटेका छन्।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै अन्तिम रुपमा दिन निर्णायक वार्ता भइरहेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ। त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ। यसका लागि अब भोलिसम्म समय बाँकी रहेकाले पनि बाँडफाँट सक्न चार दल लागेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?