भीम रावलको टिकट खोसियो, माओवादीबाट आएका बोहोराले पाए अछाम–१ मा टिकट

भीम रावलको टिकट खोसियो, माओवादीबाट आएका बोहोराले पाए अछाम–१ मा टिकट
+
-

काठमाडौँ – एमाले नेता भीम रावलले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा टिकट नपाउने भएका छन्।

अछाम १ बाट अघिल्लोपटक चुनाव जितेका रावललाई यसपटक एमालेले कुनै पनि क्षेत्रबाट टिकट नदिने निर्णय गरेको हो।

अध्यक्ष केपी शर्मा ओलीले सुरदुरपश्चिम प्रदेशको संघ र प्रदेशतर्फको टिकट फाइन गरे पनि रावलको नाम कुनै पनि क्षेत्रका नतोकिएको एमाले स्रोतले जानकारी दियो।

अछाम १ मा एमालेल झपट बोहोरालाई टिकट दिने भएको छ। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका बोहोरा एमाले केन्द्रीय सदस्य एवं अछाम इन्चार्ज हुन्।

रावल जिल्लाबाट एकल सिफारिस भए पनि दश बुँदे सम्झौता गरेर एमालेमै बसेका रावललाई अध्यक्ष ओलीले टिकट नदिएका हुन्। माधव नेपाललाई ओलीका कमदविरुद्ध लड्न अन्तिम समयसम्म साथ दिएका रावल विभाजनमा नजाने भन्दै दश बुँदे सहमति गरेर एमालेमै बसेका थिए।

गत मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिएका थिए। त्यस्तै एमालेले अछाम–२ मा यज्ञ बोगटीलाई टिकट दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?