
काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराउन सम्बन्धित निर्वाचन क्षेत्रमा उपस्थित हुन नसके काठमाडौँबाट गराउने सुविधा दिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन अधिकृतको कार्यालय जान नसक्नेहरुका लागि केन्द्रीय कार्यालयबाटै सहजिकरण गरिने जानकारी दिए।
त्यसका आवश्यक कागजात बिहान १० बजे निर्वाचन आयोगमा बुझाइ सक्नुपर्ने छ।
थपलियाले भनेका छन्, ‘राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढी,पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेको भए भोलि असोज २३ गते बिहान १० बजेभित्र निर्वाचन आयोगमा उक्त कागजात उपलब्ध गराएमा आयोगले आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको छ।’