
झापा – झापा क्षेत्र नं २ का लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार धर्मशीला चापागाईंले मनोनयन दर्ता नगर्ने भएकी छिन्।
उनको सट्टामा आजै (आइतबार) नेकपा एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरि रानाले मनोनयन दर्ता गर्ने भएका छन्।
माओवादी केन्द्रका एक जना नेताले दिएको जानकारी अनुसार चापागाईं र रानाबीच त्यस्तो सहमति भएको हो।
रानाले अहिले बिहान उनकै निवासमा पत्रकार सम्मेलन आयोजना गरेर एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गर्दैछा्।