
काठमाडौँ–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।
पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सिंहले उम्मेदवारी दर्ता गराएका हुन्।
काठमाडौँ १ मा एमालेको तर्फबाट किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रविन्द्र मिश्र र स्वतन्त्र पार्टीको तर्फबाट पुकार बमले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, रमेश खरेलले पनि काठमाडौँ- १ बाट उम्मेदवारी दिएका छन्।
अघिल्लो निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर एक बाट सिंह विजयी भएका थिए।