
काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषा–४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
उनीसँगै प्रदेशसभातर्फ क्षेत्र नम्बर ४ (क) बाट शेष नारायण यादव र (ख) बाट नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोले उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारुढ गठबन्धनबाट उनी साझा उम्मेदवार हुन्।
उनीविरुद्ध नेकपा एमालेका सचिव रघुवीर महासेठ र जनता समाजवादी पार्टी(जसपा) नेपालबाट महाजन यादवले उम्मेदवारी दिएका छन्।