
दाङ – टिकट वितरणमा असन्तुष्ट रहेकी नेकपा एमाले केन्द्रीय सदस्य गंगा चौधरी (सत्गौवा)ले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेको खुलेको छ।
उनले स्वतन्त्र उम्मेदवार दिएको बताए पनि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीमा उनको उम्मेदवारी हाम्रो नेपाली पार्टीबाट परेको देखिएको हो।
यस्तै सोही पार्टीबाट निर्वाचन क्षेत्र १ (ख) मा गंगाबहादुर बिष्टको उम्मेदवारी परेको छ। बिष्टले माओवादी परित्याग गरेको विज्ञप्ति जारी गरेका थिए।