
काठमाडाैँ – वरिष्ठ कलाकार हरिवंश आचार्यले निर्वाचनमा कुनैपनि उम्मेदवारले आफूहरूमार्फत् चुनावी प्रचार र भाेट मागिदिने आश नगर्न अनुराेध गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन नजिकिएर देशमा चुनावी माहाेल तातिरहेकाे बेला उनले आफूहरूमार्फत् प्रचार-प्रसारकाे आश नगर्न सम्बन्धित सबै उम्मेदवारलाई अनुराेध गरेका हुन् ।
आफूहरू सबैकाे साझा भएकाे र कसैलाई पनि व्यक्तिगत समर्थन नगर्ने बताउँदै उनले आज सामाजिक सञ्जालमार्फत् यस्ताे अनुराेध गरेका हुन् ।
‘देशमा जब निर्वाचन नजिकिन्छ । त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्छन्,’ उनी लेख्छन्,’सञ्जालमा लेखेका छन्, ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो । मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर । तर हामी सबै राजनीतिक दल , सबै उम्मेदवारका साझा मानिस हौँ ।ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिँदैनँ यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता ,आत्मियता ,नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।’