मतदातालाई गृहमन्त्रीको आग्रहः सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत दिनुहोस्

मतदातालाई गृहमन्त्रीको आग्रहः सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत दिनुहोस्
+
-

काठमाडौँ – गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन मतदातालाई आग्रह गरेका छन्।

गृहमन्त्री खाणले नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिरसमेत गरे।

मंगलबार काठमाडौँमा आयोजित गैरआवासीय नेपाली संघको वार्षीक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे।

गृहमन्त्री खाणले राष्ट्रपतिको गैरसंवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन पनि गैरआवासीय नेपालीहरुलाई अनुरोध गरे।

उनले भने, ‘राष्ट्रपतिजीले यसलाई प्रमाणीकरण गर्नैपर्ने हो। पुन पठाइएको विधेयक राष्ट्रपतिले फर्काउने व्यवस्था संविधानमा छैन। यसमा हाम्रो र गठबन्धन पार्टी र सरकारको निष्कर्ष के छ भने यो नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको जुन कदम हो, यो असंवैधानिक कदम हो। संविधान विपरितको कदम हो यो। राष्ट्रपतिले कुनै पनि सर्तमा असंवैधानिक कदम चाल्नै मिल्दैन। संविधानको संरक्षण र पालना गर्नेले असंवैधानिक कदम चाल्न पाइन्छ र ?’

उनले थपे, ‘हामीले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने गरी सो विधेयक ल्याएको हो। छोरीले नागरिकता पायो ज्वाइँले पाएन भनिदिनु हुन्छ के ! संविधान बनाउने बेलामै त्यो व्यवस्था गरिएको छ नि त। त्यसकारण यो व्यवस्थालाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधन गर्नका लागि दुई तिहाई चाहिन्छ। अहिलेको सत्तासिनसँग दुई तिहाई भए हामी कोशिस गर्थ्यौँ हामी। त्यसकारण मंसिर ४ गतेको निर्वाचनमा दुई तिहाई दिनुस् हामीलाई। हामी त्यहीअनुसार जान्छौँ।’

गृहमन्त्री खाणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरुलाई आह्वान गरे। गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनको भनाइ थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?