
अ
+
अ
अ
-
काठमाडौँ – नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
मंगलबार न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अधिकारीलाई निगमको अध्यक्षमा कामकाज गर्न यसअघि एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरे लगत्तै उनी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए।