स्थनीय तहका पदाधिकारीलाई चुनाव प्रचार प्रसार नगर्न निर्देशन

स्थनीय तहका पदाधिकारीलाई चुनाव प्रचार प्रसार नगर्न निर्देशन
+
-

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार नगर्न निर्देशन दिएको छ।

बुधबार आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन आचार संहिता २०७९ ले स्थानीय तहका कार्यपालिकाका सदस्यले प्रचार गर्न नपाउने उल्लेख भएकाले त्यसो नगर्न भनेको हो।

प्रचार गर्न चाहने कार्यपालिका सदस्यले सरकारी स्रोत साधनको प्रयोग नगरी अर्को स्थानीय तहमा पाउने कुरा आयोगले स्मरण गराएको छ।

आयोगले भनेको छ, ‘निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफू निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने व्यवस्था छ।’

आयोगले अनुगमनको काम प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?