
काठमाडौँ – कांग्रेसले गठबन्धनका आधिकारिक उम्मेदवारी दिनेलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थक बसेकालाई पार्टीबाट कारबाही गरिएको जानकारी दिए।
पौडेलले जारी गरेको सूचनामा गठबन्धन र लोसपाबीच भएको औपचारिक सहमतिविपरीतका उम्मेदवारलाई कारबाही गरिएको उल्लेख गरेका छन्।
कांग्रेसले भनेको छ, ‘सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको सहमति अनुरुप नेपाली कांग्रेस पार्टीका आधिकारीक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरीन्छ।’