कैलाली–४ बाट ५ जनाको उम्मेदवारी फिर्ता

कैलाली–४ बाट ५ जनाको उम्मेदवारी फिर्ता
+
-

धनगढी – मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि कैलालीको क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार उम्मेदवारी फिर्ता गर्न तोकिएको समयभित्र ५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिने सबै प्रदेश सभाका उम्मेदवार रहेका छन्। उनीहरु सबैले स्वतन्त्रबाट उम्मेदावरी दिएका थिए।

जसमा क्षेत्र ‘क’ बाट उम्मेदवारी दिएका राजेन्द्र प्रसाद जोशी, खुशीराम चौधरी, टेक बहादुर देउवा र तुलाराम सापकोटा रहेका छन्। त्यस्तै क्षेत्र ‘ख’ बाट टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन्। उनले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि १० र प्रदेश सभाका लागि १९ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। ५ जना प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै यो क्षेत्रबाट ३ पदका लागि चुनाव लड्नेको संख्या २४ भएको छ। निर्वाचन आयोगले बुधबार दिउँसो १ बजे सम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो।

प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायर, नेकपा एमालेबाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोविन्द प्रसाद भट्ट, नागरिक उन्मुक्ति पार्टीबाट कइयाँ चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सिताराम पण्डित, राप्रपाबाट जय बहादुर धामी, मौलिक जरोकिलो पार्टीबाट चेतराज साउँद, जनता प्रगतिशिल पार्टीबाट मोहनदेव मिश्र र नेपाल संघीय समाजवादी पार्टिबाट भीम बहादुर थापा मगर र स्वतन्त्रबाट उम्मेदवारी दिएका गोदावरी नगरपालिका – २ निवासी मेघराज जोशीले चुनाव लड्ने भएका छन्।

प्रदेश सभा ‘क’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घ सोडारी, नेकपा एमालेबाट भीम बहादुर देउवा, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्र प्रसाद देवकोटा, राप्रपाबाट तिलक बहादुर महत, नेपाल लोकतान्त्रिक पार्टीबाट मणिराम चौधरी, मौलिक जरोकिलो पार्टीबाट सावित्री गिरी, नेश्नालिष्ट पिपुल्स पार्टीबाट लाल बहादुर बोहरा, स्वतन्त्रबाट राजेन्द्र प्रसाद जोशी, खुशीराम चौधरी, प्रेम बहादुर शाहु‍, टेक बहादुर देउवा, तुलाराम सापकोटा र भोजराज सापकोटा चुनाव लड्ने छन्।

यस्तै प्रदेश सभा ‘ख’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश बहादुर बम, नेकपा एमालेका तर्फबाट हरि सिं साउँद, नागरिक उन्मुक्ति पार्टिबाट कमलराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रकाशदत्त भट्ट र स्वतन्त्रबाट भगवती पाठक ओझा चुनाव लड्ने भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?