
नेपालगञ्ज – बाँकेमा नौ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदारी फिर्ता लिनेमा एक जना प्रतिनिधि सभा र आठ जना प्रदेश सभाका उम्मेदवार रहेका छन्।
कांग्रेसका स्थानीय नेतालाई बाइबास गरेर बाहिरी जिल्लाबाट ल्याएर उम्मेदवार बनाएको भन्दै बाँके क्षेत्र नं. ३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्।
क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार रहेका छन्।
क्षेत्र नं. १ का प्रदेश सभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नं. २ का प्रदेश उम्मेदवार राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नं. ३ को प्रदेश सभा सदस्य उम्मेदवार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन्।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधि सभा र प्रदेशमा गरी नौ जना निर्वाचन हुन्छन्। त्यसका लागि ९८ जनाले उम्मेदवारी दिएका थिए।