खाेटाङमा एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

खाेटाङमा एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार
+
-

खाेटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका तीनजना आगामी मङ्सिर-४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।

नेकपा एमालेबाट पाँचकर्ण राई, नेकपा एकीकृत समाजवादी पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका हुन्।

एकै वडाका तीन नेताले गत आइतबार आ-आफ्नो राजनीतिक दलबाट र्‍यालीसहित दलबलका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

पाँचकर्ण र राकेश साविकको बुइपा गाविस वडा नं २ का स्थायी बासिन्दा हुन् भने, वीरबलकाजी साविकको बुइपा-१ का हुन्।

पाँचकर्ण काका र राकेश नातामा भतिजा पर्छन्। बुइपाबाट तीन नेता प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ। एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरूले संयोग भनेका छन्।

जिल्लाको सबैभन्दा बढी मतदाता रहेको वडाका तीन नेताले एउटै पदमा उम्मेदवारी दिएपछि कसले बाजी मार्छन् भन्नेबारे निक्कै महत्वका साथ हेरिएको छ।

उम्मेदवारी दर्तासँगै तीनैजना नेताहरू चुनावी अभियानमा जुटेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा गरी २६ जनाको उम्मेदवारी कायम रहेको जिल्लामा तीन नेतासँगै सबै उम्मेदवारलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रमसम्बन्धी योजना बनाउनेलगायतका चटारो सुरु भएको छ।

आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी दर्ता भएकामा एकजनाले फिर्ता लिएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी गठनबन्धन भएको जिल्लामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्नुभएका कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

गठबन्धनको तर्फबाट वीरबलकाजी तथा राकेशले आ-आफ्नै पार्टीबाट उम्मेदवारी दिएका छन्। केन्द्रमा एमाले र जसपाबीच चुनावी तालमेल भए पनि ती दुई दलले जिल्लामा एक्लाएक्लै उम्मेदवारी दिएका छन्।

दश स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेशका खानेपानीमन्त्री रामकुमार राई तथा प्रदेशसभा ‘क’मा १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका १ नं प्रदेशका महामन्त्री भूपेन्द्रकुमार राई चुनावी मैदानमा छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा सदस्यका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा प्रदेश समिति सदस्य पाँचकर्ण राई र प्रदेशसभा ‘ख’मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाललाई उम्मेदवार बनाएको छ।

यस्तै, जसपाबाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डा कृष्णकुमार राई तथा प्रदेशसभा ‘क’का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा ‘ख’का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा ‘क’मा केशव राई र प्रदेशसभा ‘ख’मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्।

मङ्गोल नेसनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ‘क’मा प्रयाग राई र प्रदेशसभा ‘ख’मा विमला राईले उम्मेदवारी दिएका छन्।

आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराएका छन् भने, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवाश राईले प्रदेशसभा ‘ख’मा उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई, प्रदेशसभा ‘क’मा कांग्रेसका सुवासकुमार पोखरेल र धर्मराज पोखरेल तथा प्रदेशसभा ‘ख’मा कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन्।

बागी उम्मेदवारी दिएका सुवासकुमारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने, धर्मराजको कायमै छ।

प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा स्वतन्त्रसहित आठ-आठ तथा प्रदेशसभा ‘ख’मा छ जना गरी २६ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए।

उम्मेदवारी कायम रहेका नेतालाई चुनाव चिह्नसमेत वितरण गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?