पर्सामा केही उम्मेदवारले आफैँलाई भाेट हाल्न नपाउने

पर्सामा केही उम्मेदवारले आफैँलाई भाेट हाल्न नपाउने
+
-

वीरगञ्ज- आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन्।

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण केही उम्मेदवारले मत हाल्न नपाउने भएका हुन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई हत हाल्न नपाउने भएका हुन्। उनी क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका-२ जानकी टोलका मतदाता हुन्।

यसैगरी पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामनारायण कुर्मी पनि आफैँलाई मत दिनबाट वञ्चित हुने भएका हुन्। उनको नाम मतदाता नामावलीमा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका-१४ पिपरामा रहेको छ।

यस्तै, पर्सा क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा सत्तागठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसकै उम्मेदवार श्याम पटेलले पनि आफैँलाई मत हाल्न नपाउने अवस्था छ। पटेलको मतदाता नामावली क्षेत्र नम्बर प्रदेशसभा २ (ख) मा पर्ने बहुदरमाई नगरपालिका-२ ध्यानसिंह पिपरामा छ।

त्यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न नपाउने देखिन्छ। उहाँको मतदाता नामावली क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा पर्ने बिन्दवासिनी गाउँपालिका-५ हासवाकामा छ।

क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरीले पनि आफूलाई भोट नपाउने भएका छन्। क्षेत्रीको मतदाता नामावली क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका-६ का मा छ भने र गिरीको मतदाता नामावली वडा नम्बर ५ रहेको छ।

यसैगरी क्षेत्र नम्बर ४ प्रदेशसभा (ख) मा सत्तागठबन्धनकै तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँदतारा कुमारीले पनि आफैँलाई मत दिन नपाउने अवस्था छ। उनको मतदाता नामावली क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा पर्ने वीरगञ्ज महानगरपालिका-४ मा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?