
काठमाडौँ – पूर्वसभामुख ओनसरी घर्तीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न दाबी गरेकी छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र २ बाट उमेदवार बनेकी घर्तीले आजको प्रतिग्रमनको विरुद्धमा र अग्रगमनलाई स्थापीत गर्न चुनाव लड्न लागेको बताएकी हुन्।
शुक्रबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरागर्दै संविधान र लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको पनि उनले बताइन् ।
घर्तीले जनताको समृद्धिको विषयमा आफू निरन्तर क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेकी छन्।
उनले अबको पाँच वर्ष काठमाडौँको जनताको सेवा गरेर बिताउन चाहेकाले अवसर प्रदान गर्न जनतासमक्ष आग्रह गरिन्।
घर्तीले आफू एउटा लक्ष्यका लागि बनेको वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भएकाले जनताले विश्वास गर्ने बताइन्।