जसपासँगको गठबन्धनपछि रुष्ट एमाले नेता न्यौपानेद्वारा पार्टी परित्याग

जसपासँगको गठबन्धनपछि रुष्ट एमाले नेता न्यौपानेद्वारा पार्टी परित्याग
+
-

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)सँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमाले परित्याग गरेका छन्।

शनिबार विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेकोप्रति घोर आपत्ति जनाउँदै राजीनामा दिएका हुन्।

देश र जनताको पक्षमा नभइ विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाइ नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र

भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरीत पार्टी कार्यकर्ताको मागलाई बेवास्ता गर्दै जुन तरिकाले गठबन्धन गरेको छ त्यो देश र जनताको पक्षमा नभइ विदेशीको स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट नेकपा एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?