मोरङमा जसपा नेता कार्यकर्ता कांग्रेस प्रवेश

मोरङमा जसपा नेता कार्यकर्ता कांग्रेस प्रवेश
+
-

मोरङ – जनता समाजवादी पार्टी (जसपा) मोरङ जिल्ला सदस्यसहितको टोली नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

आइतबार मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयाजित एक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जसपाका जिल्ला सदस्य उत्तरकुमार राई, सुन्दरहरैंचाका नगर उपाध्यक्ष चित्रबहादुर राई, नगर सचिव दिनेश खत्रीसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन्।

मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने क्षेत्रमा चुनावी अभियानका क्रममा उनीहरु जसपा त्यागेर कांग्रेसमा प्रवेश गरेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। जिल्ला सदस्य राई सो क्षेत्रको किरात राई यायोक्खाका वडा अध्यक्षसमेत हुन्।

पार्टी प्रवेश कार्यक्रमसँगै नेता कोइरालाले मोरङ सुन्दरहरैंचा वडा नम्बर ४ का पार्टीका कार्यकर्ता एवं क्रियाशिल सदस्यहरुसँग भेटघाट गरेका छन्। सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोइरालाले सत्तारुढ गठबन्धनको जितले मुलुकमा समृद्धि र विकासको गतिलाई बढाउने बताए।

संविधानलाई सही ट्र्याकमा ल्याउनका लागि गठबन्धन आवश्यक रहेको बताएका कोइरालाले संविधान रक्षाका लागि कांग्रेसको नेतृत्वसहितको सरकार बन्नेमा विश्वस्त रहन आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?