हेभिवेट भिडन्त

लमजुङमा पृथ्वी सुब्बा र देव गुरुङमध्ये कसले मार्ला बाजी?

लमजुङमा पृथ्वी सुब्बा र देव गुरुङमध्ये कसले मार्ला बाजी?
+
-

काठमाडौँ–आमनिर्वाचनमा दुई हेभिवेट नेताको भिडन्त हुने पक्का भएदेखि लमजुङ चर्चामा छ।

विसं २०६४ सालसम्म कांग्रेसको एकछत्र राज रहेको लमजुङमा त्यसयता कम्युनिष्ट नेताहरुले बाजी मार्दै आएका छन्।

मंसिर ४को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि पाँच दलीय सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई अघि सारेको छ भने एमालेले पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई।

पार्टी र राष्ट्रिय राजनीतिमा पद र शक्तिको स्वाद चाखिसकेका दुई नेतालाई अहिले एकै पदको लागि लडाई गर्नुपर्ने अवस्थामा ल्याइदिइएको छ।

दुई मध्ये एकको जित निश्चीत भएकाले हार्ने हेभिवेट नेताले के गर्लान? सवैको चासो छ।

यद्यपि दुवैले हार्ने कल्पना समेत नगरेका दुवै नेतालाई अहिले यो प्रश्न नै गलत भएको बताउँछन्।

नेकपा माओवादी केन्द्र सहित पाँच दलका नेता कार्यकर्ता देव गुरुङ र एमाले नेता कार्यकर्ताले पृथ्वीसुब्बा गुरुङले बाजी मार्ने दाबी गर्नु त सामान्य नै भयो।

यी बाहेक लमजुङ नागरिकले भने दुवै नेताका बैगुन देखेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री समेत बनेका पृथ्वीसुब्बाले जिल्लाको बिकाशमा ध्यान नदिएको आरोप लगाएका छन् भने पटक पटक सांसद बनेका देव गुरुङले कहिल्यै पनि जिल्लाको बिकास र योजनाबारे सदनमा प्रस्ताव नराखेको गुनासो गरेका छन्।

सुन्दरबजारका बिजय मिश्रले दुबै नेताले जिल्ला र जिल्लाबासीको लागि सम्झना गर्न लायक काम नगरेको आरोप लगाए।

उनले भने–‘हामीले चुनावमा हौसियर नेता जिताएर पठाएपनि चुनावपछि भने नेताले हामीलाई भुल्दै आएका छन्, डुम्रे–बेशीशहर, बेशीशहर–चामे लगायत जिल्लाका अधिकांश सडक खण्डको अवस्था विजोग छ, बजेट कति आउँछ, कहाँ कति र कसरी खर्च हुन्छ जनतालाई केहि थाहा हुँदैन, यसपाली भोट दिँदा अलि बिचार गर्नुपर्नेछ’
उनले थपे–‘नेताहरुको पारा देख्दा यो चुनावमा भोटै नदिउँ जस्तो भएको छ।’

पहिलो संविधान सभाको निर्वाचनमा कास्की–१ र मनाङबाट चुनाव जितेका देव गुरुङले मनाङ रोजेका थिए।

दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीबाट अलग भएका गुरुङले निर्वाचन बहिस्कार गरेर भाग लिएनन्।

२०७४ को निर्वाचन हुनुभन्दा केहि समय अघि उनी फेरि माओवादीमै फर्किएका थिए।

नेकपा एमालेसँग एकता गरेर भएको २०७४ सालको निर्वाचनमा एमाले नेता पृथ्वीसुब्बा गुरुङकै जोडबलमा देव गुरुङ लमजुङबाट प्रतिनिधि सभाको उम्मेदवार भएका थिए।

७४को चुनावमार्फत देवप्रसाद, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीट वाम गठबन्धनले जितेको थियो ।

देवले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बने भने पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बने।

केन्द्रमा एकता नहुँदै २०७४ को स्थानीय तहको निर्वाचनमा लमजुङका स्थानीय तहमा उनीहरुकै जोडबलमा एमाले र माओवादीले एकता गरेका थिए।

तर अहिले एकातिर एमाले र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय सत्ता गठबन्धन छ।

केही समय (नेकपा)मा एकै राजनीतिक दलमा समेत आवद्ध दुई नेता केपी शर्मा ओलीले संसद विघटन गरेपछि बेठिक लागे पनि पृथ्वीसुब्बा ओलीको बचाउमा लागे भने देव संविधानको रक्षाका लागि भन्दै सडकमा उत्रिए।

नेकपा विवादले एमाले–माओवादी फुटेनमात्र पृथ्वीसुब्बा मुख्यमन्त्रीबाटै हात धुनुप¥यो।

दुबैले पार्टीभित्र भने पहुँच शक्ति बढाउँदै लगे।

गठबन्धनबाट माओवादीका देव गुरुङ एक मात्रै संघीय चुनाव क्षेत्र लमजुङमा चुनाव लड्ने पक्काजस्तै थियो भने पृथ्वीसुब्बा प्रदेशमै दोहोरिने आकांक्षा राखेका थिए।

देवप्रसाद पनि पृथ्वीसुब्बाले प्रदेश लडेपछि एमाले नेता जमिन्द्रमानसँग भिड्न पाइने भयो भनेर एक प्रकारले जित्नेमा ढुक्क थिए।

पृथ्वीसुब्बाले प्रदेश सभा ‘ख’ बाटै चुनाव जितेर फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने चाहना राखेका थिए।

पार्टी अध्यक्ष ओलीसमक्ष पनि राखेका थिए। त्यसको पछाडिको कारण पृथ्वीसुब्बालाई संघमा देव गुरुङसँग लड्नुभन्दा प्रदेशमा सुरक्षित पनि थियो। तर ओलीले पृथ्वीशुब्बालाई संघमा लड्न निर्देशन दिए।

पृथ्वीशुब्बाको नाम प्रदेश सभा ‘ख’ कै लागि सिफारिस भएको थियो । प्रतिनिधि सभामा संविधान सभा सदस्य भइसकेका जमिन्द्रमान घलेको नाम सिफारिस भएको थियो। घलेले आफू कुनै पनि हालतमा प्रदेशमा नउठ्ने बताइरहेका थिए । प्रदेश सभा ‘क’ मा यसअघि नै सांसद बनिसकेका धनञ्जय दवाडीको नाम सिफारिस भएको थियो।

अघिल्लो निर्वाचनमा संघ र प्रदेशमा मिलेर चुनाव लडेका दुई नेता यसपटक रहरले नभई बाध्यताले आमने–सामने हुँदै छन्।

२०४८ यताका हरेक संसदीय निर्वाचनमा पृथ्वीसुब्बा उम्मेदवार छन् । पहिलो संविधान सभा र २०७४ मा प्रदेश सभामात्र उनले चुनाव जितेका हुन्। पृथ्बीशुब्बा सातौँ पटक चुनाव लड्न लागेका हुन्।

८ वटा पालिका रहेका लमजुङमा स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले र बाँकीमा गठबन्धनले जितेको छ । पृथ्बीशुब्बाको गृहपालिका क्वहोलासोंथार गाउँपालिकामा एमालेले क्लिनस्वीप गरेको छ ।

प्रदेशतर्फ गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत हेर्दा गठबन्धनभन्दा एमाले ३ सय २१ मतले अगाडि छ भने संघमा करिब १ हजार ५ सय मतले गठबन्धन अगाडि छ ।

एमाले लमजुङका एक नेताले हिजोको इतिहासको हिसावकितावको कारण पृथ्वीसुब्बाको पल्लाभारी देखिने दाबी गरेका छन्।

उनले देश सञ्चारसँग भने– ‘लमजुङ कांग्रेसको हिजोको दिनहरु राम्रा थिए, केन्द्रसँगको पहुँच राम्रो थियो, संगठन पनि राम्रो थियो, कांग्रेसबाट रामबहादुर गुरुङ, रामचन्द्र अधिकारी पटक पटक सांसद बन्न सफल हुनुभएको थियो। केही बर्षयता जिल्लामा एमालेको संगठन र प्रभाव राम्रो छ,पृथ्वीसुब्बाको निरन्तरको लगावको कारण यसपटकको चुनाव उहाँले नै जित्नुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?