मोरङ ६ः शेखर र लालबाबु दोस्रो पटक आमनेसामने

मोरङ ६ः शेखर र लालबाबु दोस्रो पटक आमनेसामने
+
-

मोरङ – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ राष्ट्रिय चासोको विषय बनेको छ। राष्ट्रिय स्तरमा पहिचान र लोकप्रियता हासिल गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला आफ्नो पुरानो साख फर्काउने दाउमा छन्।

पछिल्लो चार निर्वाचन हेर्दा कोइराला दुईमा विजयी भएका छन् भने दुईमा पराजित भएका छन्। कार्यकर्ता भेटघाटमा उनी धेरै लोकप्रिय र सस्तो विषयभन्दा पनि ट्र्याक बाहिर जान लागेको संविधानलाई सही मार्गमा ल्याउन आफू प्रयासरत रहेको बताउँदै आएका छन्।

उनी भन्छन्, ‘हामी मुलुकको संविधान, लोकतन्त्रको रक्षाका लागि जनतामाझ गइरहेका छौँ। अहिले देखिएको राजनितिक अस्थिरतालाई चिर्दै शान्ति र स्थायित्व प्रदान गर्नका लागि निर्वाचनमा होमिएका छौँ। मुलुकमा स्थायित्व दिनका लागि सत्तारुढ गठबन्धन आवश्यक छ।’

कोइराला २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा यसै क्षेत्रमा उम्मेदवार रहेका थिए। त्यतिबेला उनी तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पराजित भएका थिए। २०६५ मा सम्पन्न उपनिर्वाचनमा डा. कोइराला पुनः उम्मेदवार भए। सो समय उनले फोरम लोकतान्त्रिककै उम्मेदवारलाई पराजित गर्दै संविधान सभा सदस्य भएका थिए।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनले फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। तर २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेका लालबाबु पण्डितसँग ६७५ मतले पराजित भएका थिए। यसपटक कोइराला र पण्डित फेरि आमनेसामने भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदारा कोइरालासँग प्रतिस्पर्धा गर्न एमालेले लालबाबु पण्डितलाई उम्मेदवार बनाएको छ। पण्डितले विगतका विकास निर्माणका कामलाई निरन्तरता दिनुका साथै नयाँ योजना ल्याउने विषयलाई चुनावी मुद्दा बनाएर मैदानमा छन्।

पण्डित भन्छन्,‘निर्वाचन आगामी सरकार गठनका लागि हुने भएको हुँदा एमाले त्यही ढंगबाट अघि बढिरहेको छ। विगतमा झैं यसपटक पनि एमालेले राम्रो मत पाउनेछ।’

नेता पण्डितलाई मोरङका जनताले पटक–पटक निर्वाचित गराएर केन्द्रमा पुर्‍याएका छन्। यसअघि २०४८ सालमा साविक मोरङ क्षेत्र नम्बर ३ बाट सांसदमा विजयी भएका थिए। तर, उनी २०५१ सालको मध्यावधिमा पराजित हुन पुगे। २०५६ सालको आम निर्वाचनमा उनी फेरि निर्वाचित भए। २०७० सालमा भने उनले उम्मेदवार बन्नेको अवसर पाएनन्।

त्यसपछि उनले २०७४ सालमा कांग्रेस नेता कोइरालाको सामना गरेका थिए। यसपटक उनलाई कर्मचारी सुशासन, डिभी र भ्रष्टाचारविरुद्धको अभिव्यक्तिले चर्चामा ल्याएको थियो। पण्डित  संसदीय निर्वाचनमा पाँचौँ पटक चुनावी मैदानमा छन्।

मोरङ क्षेत्र नम्बर ६ मा राप्रपाबाट गोपाल क्षेत्री, नेपाल मजदुर किसान पार्टीबाट चिरञ्जिवी खतिवडा लगायत उम्मेदवार छन्। कुल १ लाख २६ हजार ७ सय ६१ मतदाता रहेको यस क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको वडा २, ३, ४, ५, ६, ७ र विराटनगर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ९ , ११, १२, बुढीगंगा गाँउपालिका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?