एकीकृत समाजवादीका नेता सुनार माओवादीमा प्रवेश

एकीकृत समाजवादीका नेता सुनार माओवादीमा प्रवेश
+
-

नेपालगञ्ज – नेकपा (एकीकृत समाजवादी)का नेता दलबहादुर सुनार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

लामो समयसम्म एमालेको राजनीति गरेका सुनार संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्रीसमेत हुन्। एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि एकीकृत समाजवादीमा लागेका नेता सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका छन्।

माओवादी नेत्री एवं पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले सुनारलाई पार्टी प्रवेश गराइन्। सुनार बाँके क्षेत्र नं. ३ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार रहेका छन्। माओवादीले त्यहाँबाट आइपी खरेललाई अगाडि सारेको छ।

सुनारको पार्टी प्रवेशसँगै माओवादीमा थप विवाद सिर्जना हुने देखिएको छ। खरेलविरुद्धमा माओवादीको एउटा समूहले राजीनामा दिएर विरोध जनाइसकेको छ। त्यही समूह सुनारको पार्टी प्रवेशमा हावी देखिन्थ्यो। पार्टी प्रवेश कार्यक्रममा खरेलको उपस्थिति थिएन।

सुनार र खरेलको उम्मेदवारीबारेमा सुवेदीले छलफल गर्दै अगाडि बढ्ने प्रतिक्रिया दिएकी छन्। यद्यपि, अन्य नेताहरुले पार्टीले दलबहादुरलाई मत हाल्ने बताएको छ।

माओवादीमा केहीले खरेल र केहीले सुनारलाई बोक्ने प्रष्ट देखिएको छ। सुनारले आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने ठोकुवा गर्नुले माओवादीका नेताले सुनारलाई राम्रै आश्वासन दिएको बुझ्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?