निर्वाचनमा सञ्चार माध्यमको अनुगमनः काउन्सिलले बढायो सक्रियता

निर्वाचनमा सञ्चार माध्यमको अनुगमनः काउन्सिलले बढायो सक्रियता
+
-

काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, २०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तीव्रता दिएको छ।

काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो।

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

मंगलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्क विज्ञसँग छलफल गरेको थियो।

यसअघिका आम निर्वाचनहरूमा समेत तथ्याङ्क प्रशोधनसहित अनुमगनको अनुभव सँगालेका तथ्याङ्क विज्ञद्वारा तथ्याङ्क प्रशोधन/अनुगमन विधिबारे सङ्क्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए।

बोहराले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत भइरहेको जानकारी दिए।

यसअघि काउन्सिलले २०६४ सालको संविधान सभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?