
काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयाेगले २४ घण्टे स्पष्टीकरण साेधेकाे छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेकाे हाे।
नेता नेपालले बेरोजगार युवालाई फ्री भिसा- फ्री टिकटमा विदेश पठाइदिने भनी मतदता माझ बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाे छ।
आयाेगले साेही भिडियाे प्राप्त भएसँगै साे सम्बन्धमा आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेस गर्न भन्दै उनलाई पत्र पठाउने तयारी गरिरहेकाे आयाेगकाे उच्च स्राेतले जानकारी दिएकाे छ।
यस्तै, अध्यक्ष नेपालसँगै समाजवादीका अर्का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पनि हिजाे (बुधबार) २४ घण्टाभित्र स्पष्टीकरण माग गरेकाे छ।
प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं ४ का उम्मेदवार श्रेष्ठले बिहीबार दिउँसाे २ बजेसम्म स्पष्टीकरण नबुझाएकाे स्राेतले बताएकाे छ।
आयाेगले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि गाेर्खामा बाजा बजाएकाे विषयमा स्पष्टीकरण साेधेकाे थियाे।