
काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले फ्रि भिसा, फ्रि टिकटबारे २४ घण्टे प्रष्टिकरण सोधेको छ।
अध्यक्ष नेपालले शनिबार रौतहट १ स्थिति आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ‘विना देउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमा तालिम मिल्ते हेँ’ भन्ने आश्वसान दिएर चुनाव प्रभावित पार्न खोजेको भन्दै आयोगले प्रष्टिकरण सोधेको छ।
‘फ्री भिसा, फ्री टिकट’बारे माधव नेपाललाई आयाेगले साेध्याे २४ घण्टे स्पष्टीकरण
उक्त सभामा नेपालले आयोगले फ्रि भिसा, फ्रि टिकटको सुरुवात भइसकेको बताएका छन्।
सामाजिक सञ्जालमा भाइरल बनेको छाटो भिडियो क्लिप्सका आधारमा आयोगले नेपालमाथि निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पारेको दाबी गरेको छ।
उक्त सभा नेपालले गरेको सम्बोधनको भिडियो देश सञ्चारले प्राप्त गरेको छ।
यस्तो छ उनले गरेको सम्बोधन