युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश
+
-

गलकोट – युवा संघ गलकोट नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

योङ कम्युनिष्ट लिग नेपाल (बाइसीयल) गलकोटले आइतबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरेका थिए।

प्रवेश गर्नेमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक, युवा संघ नगरसदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहन खत्री, विपिन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेको वाइसीएल केन्द्रीय सदस्य सविना घर्तीले जानकारी दिइन्।

पार्टी प्रवेश गर्दै गगन बिकले एमाललेले प्रतिगमनको बाटो रोजेर संविधानलाई ध्वस्त पार्न खोजेपछि आफूहरू माओवादी केन्द्रमा समाहित भएको बताए।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’