
काठमाडाैँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व खानेपानीमन्त्री मणि थापाले नेकपा मसाल (राजमाे) का कारण प्युठान विकासका काममा पछाडि परेकाे आराेप लगाएका छन्।
जिल्लाकाे स्वर्गद्वारी नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि थापाले राजमाेका महासचिव माेहनविक्रम सिंहकाे जिल्ला प्युठानबाट अन्य दलकाे साथमा राजमाेका सांसद् चुनिए पनि केन्द्रमा पार्टी कमजाेर हुँदा साेचेकाे जति विकास हुन नसकेकाे आराेप लगाएका हुन्।
जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको पार्टी राष्ट्रिय जनमोर्चाले विकास र समृद्धिको कुरा गर्नुको साटो जहिल्यै विरोध र भण्डाफोरको मात्र नारा सुनाइरहँदा नागरिक हैरानी भएको उनको भनाइ छ।
‘चुनावको बेला जनताले सही पार्टी र नेतृत्व छान्नुपर्छ’, थापाले भने, ‘ठोस समयमा ठोस निर्णय गर्न सकेनौँ भने त्यसको दुरगामी असर भावी पुस्तामा पर्छ।’
उनले राष्ट्रियस्तरको पार्टी र पहुँच राख्नसक्ने नेतृत्वलाई जनप्रतिनिधि बनाएर पठाएमात्र जिल्लाको विकासमा पहल गर्न सहज हुने बताए।
नेता थापाले सांसद् पाैडेललाई जिताउन आफूहरू लागि परेकाे भए पनि केन्द्रमा राजमाेकाे बाहुल्यता कम हुँदा उनीबाट साेचेजति काम हुन नसकेकाे भन्दै अब प्युठानी जनताले मसालकाे विकल्प खाेज्नुपर्ने बताएका हुन्।
प्रतिनिधिसभाकाे लागि एकमात्र निर्वाचनक्षेत्र रहेकाे प्युठानबाट यसअघि ०७४ काे चुनावमा तत्कालीन संयुक्त बाम गठबन्धनकाे तर्फबाट राजमाेकी दुर्गा पाैडेल निर्वाचित भएकी थिइन्। अहिले पनि सत्ता गठबन्धनकाे साथमा उनै पाैडेल उम्मेदवार छन् भने एमालेकाे तर्फबाट पार्टी पोलिटब्युरो सदस्य सूर्य थापा उम्मेदवार छन्।
यता, क्षेत्र नम्बर ‘ख’ मा एमालेकाे तर्फबाट हरिप्रसाद रिजाल उम्मेदवार रहेका छन् भने गठबन्धनकाे तर्फबाट कांग्रेसका राेज राणा’सराेज थापा’ उम्मेदवार छन्।
राणा नेपाली कांग्रेस प्युठान क्षेत्र नम्बर २ का सभापति हुन् भने एमालेका रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्युठान सह-इन्चार्ज हुन्।
यसअघि, २०७४ सालकाे निर्वाचनमा प्युठान ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशका पूर्वसहरी विकासमन्त्री समेत हुन्।