विकल्पको खोज्दै छन् मतदाता (भिडियोसहित)

विकल्पको खोज्दै छन् मतदाता (भिडियोसहित)
+
-

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै छ। मतदाताहरु आफूले रोजेको उम्मेदवारलाई भोट दिएर आफ्नो अधिकार सुनिश्चित गर्न चाहन्छन्।

केही वर्षअघिसम्म राजनीतिक दलका नेताहरुलाई नै भोट दिनुपर्छ, आफ्नो पार्टी वा आस्था छोड्नु हुँदैन भन्ने आम नागरिक पनि हिजोआज विकल्प खोज्न थालेका छन्। चुनाव नजिकिएसँगै आम जनताले कस्तो प्रतिनिधि चाहेका छन् भनेर देशसञ्चारले काठमाडौँका विभिन्न स्थानमा भेटिएका मतदाताहरुसँग कुराकानी गरेको छ।

कुराकानीका क्रममा अधिकांशले परिवर्तन चाहेको बताउँदै देशमा केही गर्न सक्ने, युवा व्यक्ति तथा स्वतन्त्रलाई यसपटक भोट दिएर जिताउन आवश्यक रहेको बताएका छन्।

दिपेश थापा भन्छन्, ‘देशमा केही गर्न सक्ने व्यक्तिलाई नै भोट दिएर जिताउने हो। चुनावभरि हामीले दिनरात दु:ख गरेर, नेताको पछि लागेर जितायो। जितेपछि उनीहरु कसैले पनि देख्दैनन्। त्यसैले हामीलाई परेको बेला सहयोग गर्ने, जनताको भावना बुझ्ने व्यक्तिलाई नै भोट दिने हो यसपालि।’

त्यस्तै अर्का मतदाता लक्ष्मी तिमिल्सिना पनि युवा वा स्वतन्त्र व्यक्तिले नै केही गर्छ भन्ने अपेक्षा राखेको बताउँछिन्। ‘नेताहरुले केही गर्छन् कि भनेर यतिका वर्षसम्म पर्खिएकै हो, खै त? केही गरेनन्। अब स्वतन्त्र वा युवाहरुले नै केही गर्लान् भन्ने आशा छ,’ उनी भन्छिन्, ‘नेताहरु चुनावको समयमा खुट्टा ढोग्न मात्र आइपुग्छन् अरुबेला हाम्रो समस्या कहिले बुझ्ने होइनन्।’

त्यस्तै, अर्का मतदाता राजकुमार केसीको भनाइ पनि उस्तै छ। उनी पनि अब देश विकासका लागि राजनीति बुझेको र त्यसलाई सही तरिकाले नेतृत्व गर्न सक्ने व्यक्ति आवश्यक भएको बताएका छन्।

‘हामी परिवर्तन चाहिएको छ भन्छौँ, अनि भोट चाहिँ उही पुरानो नेतालाई दिन्छौँ। त्यसरी त परिवर्तन कसरी हुन्छ र?’ उनी भन्छन्, ‘अबको अवस्था भनेको हामी आम नेपाली आफैले विवेक पुर्‍याउने बेला हो, हाम्रो लागि कुन व्यक्ति सही छ र कुन गलत छ भनेर हामी आफैले छुट्याउन सक्नु पर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?