चुनावी अन्तर्वार्ता:

शान्ताकाे मुख्य एजेण्डा प्रदेश राजधानी, भन्छिन्- एमालेबाहेक अरूले कार्यान्वयन गर्न मुस्किल

शान्ताकाे मुख्य एजेण्डा प्रदेश राजधानी, भन्छिन्- एमालेबाहेक अरूले कार्यान्वयन गर्न मुस्किल
+
-

दाङ – नेकपा एमाले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं. १ की उम्मेदवार शान्ता चौधरीले लुम्बिनी प्रदेश राजधानीको व्यवस्थापन र कार्यान्वयन मुख्य एजेण्डा भएको बताएकी छन्।

देश सञ्चारसँगको कुराकानीमा उनले प्रदेश राजधानी कार्यान्वयनको विषय मुख्य रणनैतिक विषय भएको बताएकी हुन्।

पार्टीका महासचिव शंकर पोख्रेल मुख्यमन्त्री भएको बेला उनकै नेतृत्वमा राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी तोकिएको थियो। तर, नयाँ सरकार बनेपछि राजधानी कार्यान्वयन र रोक्का जग्गा फुकुवा नहुँदा दुई वर्षदेखि जनजीवन नै प्रभावित भएको छ। यस्तो बेला उम्मेदवार चाैधरीले राजधानी कार्यान्वयन र जग्गा फुकुवाको विषय एजेण्डाको रूपमा उठाएकी हुन्।

एमालेबाट दाङ-१ की उम्मेदवार शान्ता चौधरी। तस्बिर: दशरथ घिमिरे/देशसञ्चार।

‘अब त्यो राजधानी कार्यान्वयनको जिम्मेवारी हामी उठाउन चाहन्छौँ’, देशसञ्चारसँग उनले भनिन्, ‘राजधानीले यहाँ थुप्रै अवसरहरूको सृजना गरेको छ। राजनीतिक रूपमा हामी बलियो हुन सकेनौँ भने यहाँ तोकिएको राजधानी कार्यान्वयन नहुन पनि सक्छ। सरकारको नेतृत्व एमालेबाहेक अरूको हातमा पुग्यो भने राजधानी कार्यान्वयन जटिल बन्न सक्छ।’

प्रदेश राजधानीको विषयमा राजनीतिक दलहरूका उम्मेदवारबाट फरक-फरक धारणा आउन थालेका छन्। रुपन्देही र दाङको मनोविज्ञान फरक छ। रुपन्देहीमा सत्तापक्षीय र प्रतिपक्षीय दलका नेताहरूले नै राजधानी बुटवल रहने अभिव्यक्ति दिने गर्छन् भने दाङ पश्चिमका नेतृत्वले यहाँ तोकिएको राजधानी कसैले लैजान नसक्ने दावी गर्छन्।

एमालेबाट दाङ-१ की उम्मेदवार शान्ता चौधरी। तस्बिर: दशरथ घिमिरे/देशसञ्चार।

राजधानीको विषय दलहरूले आफू अनुकूल चुनावी एजेण्डा बनाएका छन्। निर्वाचन क्षेत्रको विकास र समृद्धिलाई नजिकबाट न्याय गर्ने सवालमा कटिबद्ध भएर लाग्ने उनले सुनाइन्।

‘मुक्त कम्लरी कमैयाहरूको लगत लिन छुट रहेकालाई लगत संकलन गरी उनीहरूको शिक्षा तथा रोजगारीको व्यवस्था गर्न नीति निर्माण गरी कार्यान्वनयमा लाैजानेछाैँ। म आफैँ १८ वर्ष अर्काको घरमा कम्लरी बसेकी हुँ। सबै पीडा थाहा छ’,  उनले भनिन्, ‘संसदमा रहँदा सधैँ आवाज उठाइरहेँ। कमैया, कम्लरी तथा पछाडी परेको समुदायको राज्यको मूलधारमा पहुँच पुग्नुपर्छ भनेर आवाज उठाउँदै आएकी छु।’

उम्मेदवार चाैधरीकाे साथमा एमालेबाट दाङ-१ काे ‘१’बाट प्रदेशसभा सदस्य उम्मेदवार गंगाराम भट्टराई। तस्बिर: दशरथ घिमिरे/देश सञ्चार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?