रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई
+
-

बुटवल – रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ। सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमारलाई रहने बताए।

उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ ९१० तर्फ रूख चिह्नमा र २९२० तर्फ हँसिया हथौडामा भोट दिने र अभियानको पूर्ण समर्थन रहेको बताए।

एमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रा उम्मेदवार निकोलस (कमल) भुसालको राजनीतिक भ्रुण हत्या गरे, निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्छ, उनले भने, ‘युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन्, प्रतिगमनकारी विष्णु पौडेललाई रूपन्देहीबाट हराउनुपर्छ र अग्रगमनलाई विजयी बनाउनुपर्छ।’

रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवारी राज्यको सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गएपनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो।

तुलसिराम भुसाल निकोलसका बुवा हुन् । तर निकोलसले भने आफ्नो समर्थन सत्ता गठबन्धनलाई नरहेको बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?